तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

गौतमबुद्ध विमानस्थल सञ्चालन समस्या बुझ्न संसदीय उपसमितिको टोली मैदानमा

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएका समस्याकाबारे अध्ययन गर्न पूर्वपर्यटन मन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठन गरेको उपसमिति भैरहवामा आएको छ ।

समितिले विमानस्थल अवलोकन गर्नुका साथै सरोकारवालासँग छलफल गरेको छ । यस समितिमा रुपन्देही-२ बाट नि संघीय सांसद रहेका पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, क्षेत्र नम्बर १ का सांसद तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा, ४ का सर्वेन्द्रनाथ शुक्ला, ५ का वासुदेव घिमिरे, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीलगायत छन् ।

समितिले असार १६ गतेदेखि १८ गतेसम्मको कार्यतालिका बनाएर आइतबार राती भैरहवामा आएको हो । सोमबार विमानस्थलको ऐतिहासिक पृष्ठभूमि, निर्माणमा गरिएको जम्मा लगानी, वैदेशिक ऋण, अनुदान, स्वदेशी, निर्माणको आवश्यकता र औचित्य, निर्माणमा रहेका त्रुटिहरु, विमास्थलको क्षमता र विस्तार, उद्देश्यबमोजिमको प्रतिफलको सुनिश्चितता, भारतसँगको सीमानाका कारण विमानस्थल प्रयोगको चुनौती, अन्य समस्या तथा चुनौति, विमानस्थल निर्माणको उद्देश्यअनुरुपको उपयोगको सुनिश्चितता सहितको भावी कार्ययोजना लगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पूरा भइसक्दा पनि उडान संख्या भने वृद्धि नहुँदा स्थानीय तथा व्यवसायी निराश छन् । ०७९ जेठ २ बाट विमानस्थल सञ्चालनमा आएको हो । सञ्चालनको पहिलो वर्ष जजिरा एयर लायन्सले नियमित उडान भरेकाले यहाँको चहलपहल ठीकै थियो तर जजिराले हाल उक्त उडान रोकेपछि सुनसान बनेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित