लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

ईडन स्कुलको आयोजनामा भएको पौडी प्रतियोगितामा तिलोत्तमा मा.वि.का सुमन प्रथम

बुटवल । बुटवल–११ स्थित ईडन ईङलिस बोडिङ स्कुलको आयोजनामा खुल्ला पौडी प्रतियोगिता सम्पन्न भएको छ । एसईई दिएर बसेका विद्यार्थीहरु प्रतियोगितामा सहभागि भएका थिए । बुटवलको तिनाउ वाटर पार्कमा भएको प्रतियोगितामा तिलोत्तमा मा.वि.का सुमन गुरुङ प्रथम भए ।

उनले निर्धारित दुरी ३५ दशमलव ९६ सेकेण्डमा पार गरे । प्रथम भएका गुरुङले नगद १० हजार सहित मेडल प्राप्त गरे ।

त्यस्तै प्रतियोगितामा नयांगाउं माविका प्रवेश घले द्धितिय हुन सफल भए । उनले निर्धारित दुरी ४२ दशमलव २८ सेकेण्डमा पूरा गरेका थिए । द्धितिय बनेका घलेले ५ हजार र मेडल प्राप्त गरे ।

प्रतियोगितामा १६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । विजयी विद्यार्थीहरुलाई विद्यालयका प्राचार्य शिवहरी भट्टराई, विद्यालयका अध्यक्ष एवं बुटवल–११ का वडा सदस्य नहकुल शाही ठकुरीले पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि ठकुरीले पौडी प्रतियोगिताले विद्यार्थीको अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउन मद्दत मिलेको बताए । पौडी प्रतियोगितामा सवैभन्दा बढि कसरत हुने भएकाले यसलाई निरन्तरता दिन सके विद्यार्थीहरुको शारीरिक र मानसिक स्वास्थ्य स्वच्छ हुने बताए ।
विद्यालयका प्राचार्य भट्टराईले विद्यालयले बार्षिक कार्य योजना अनुसार प्रतियोगिताको आयोजना गरेको बताए । प्रतियोगिताले छिमेकी विद्यालयहरु प्रति भाईचार र सद्भाव कायम हुनुका साथै विद्यार्थीको क्षमता बाहिर ल्याउन मद्दत मिलेको बताए । उनले आगामी बर्ष अझै व्यवस्थित रुपमा प्रतियोगितालाई अगाडि बढाउने बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित