कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

ईडन स्कुलको आयोजनामा भएको पौडी प्रतियोगितामा तिलोत्तमा मा.वि.का सुमन प्रथम

बुटवल । बुटवल–११ स्थित ईडन ईङलिस बोडिङ स्कुलको आयोजनामा खुल्ला पौडी प्रतियोगिता सम्पन्न भएको छ । एसईई दिएर बसेका विद्यार्थीहरु प्रतियोगितामा सहभागि भएका थिए । बुटवलको तिनाउ वाटर पार्कमा भएको प्रतियोगितामा तिलोत्तमा मा.वि.का सुमन गुरुङ प्रथम भए ।

उनले निर्धारित दुरी ३५ दशमलव ९६ सेकेण्डमा पार गरे । प्रथम भएका गुरुङले नगद १० हजार सहित मेडल प्राप्त गरे ।

त्यस्तै प्रतियोगितामा नयांगाउं माविका प्रवेश घले द्धितिय हुन सफल भए । उनले निर्धारित दुरी ४२ दशमलव २८ सेकेण्डमा पूरा गरेका थिए । द्धितिय बनेका घलेले ५ हजार र मेडल प्राप्त गरे ।

प्रतियोगितामा १६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । विजयी विद्यार्थीहरुलाई विद्यालयका प्राचार्य शिवहरी भट्टराई, विद्यालयका अध्यक्ष एवं बुटवल–११ का वडा सदस्य नहकुल शाही ठकुरीले पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि ठकुरीले पौडी प्रतियोगिताले विद्यार्थीको अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउन मद्दत मिलेको बताए । पौडी प्रतियोगितामा सवैभन्दा बढि कसरत हुने भएकाले यसलाई निरन्तरता दिन सके विद्यार्थीहरुको शारीरिक र मानसिक स्वास्थ्य स्वच्छ हुने बताए ।
विद्यालयका प्राचार्य भट्टराईले विद्यालयले बार्षिक कार्य योजना अनुसार प्रतियोगिताको आयोजना गरेको बताए । प्रतियोगिताले छिमेकी विद्यालयहरु प्रति भाईचार र सद्भाव कायम हुनुका साथै विद्यार्थीको क्षमता बाहिर ल्याउन मद्दत मिलेको बताए । उनले आगामी बर्ष अझै व्यवस्थित रुपमा प्रतियोगितालाई अगाडि बढाउने बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित