तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रुपन्देहीमा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु

रुपन्देहीको तिलोत्तमामा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका– २ शंकरनगरमा माइक्रो बसले ठक्कर दिँदा स्थानीय ५ वर्षीय रेखा घर्तीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी विजयराज पण्डितका अनुसार शंकरनगरबाट वनबाटिकातर्फ जाँदै गरेको लु १ ख ४५६६ नम्बरको माइक्रोबसले बालिकालाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारको लागि मणिग्रामस्थित क्रिमसन अस्पतालमा लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालिकाको मृत्युपछि माइक्रोबस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित