
रुपन्देहीको तिलोत्तमामा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका– २ शंकरनगरमा माइक्रो बसले ठक्कर दिँदा स्थानीय ५ वर्षीय रेखा घर्तीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी विजयराज पण्डितका अनुसार शंकरनगरबाट वनबाटिकातर्फ जाँदै गरेको लु १ ख ४५६६ नम्बरको माइक्रोबसले बालिकालाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारको लागि मणिग्रामस्थित क्रिमसन अस्पतालमा लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालिकाको मृत्युपछि माइक्रोबस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।