निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

रुपन्देहीमा ६१ प्रतिशत मत खस्यो, मतगणना राती देखि हुने

रुपन्देहीमा ६१ प्रतिशत मत खसेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदान विहान ७ बजेबाट सुरु भएकोमा दिउँसो ४ बजेसम्म ६१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

बिहानदेखि नै मतदाता आउने क्रम जारी रहे पनि स्थानीय तहको निर्वाचन जस्तो उत्साह मतदाताहरूमा छैन । साँझ ५ बजेसम्म हुने निर्वाचनमा रुपन्देहीमा ६ लाख ३८ हजार ९५२ जनालाई मताधिकार भए पनि हालसम्म ६१ प्रतिशत मत खसेको निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए ।

कार्यालयका अनुसार जिल्लामा राष्ट्रिय दल सहित ३६ राजनीतिक दल मध्ये २८ राजनितिक दल चुनावी प्रतिष्पर्धामा सहभागी छन् । ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा १५ पदका लागि २०३ जनाले उम्मेदवारी दिएका छन । ८ अन्य, ३ लाख २७ हजार ४ सय ३३ पुरुष र ३ लाख ११ हजार ५ सय ११ महिलाले मत हाल्न पाउनेछन् ।

जिल्लाका अधिकांस मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए । साँझ ५ बजेसम्म मतदान स्थलमा प्रवेश गरेकाहरुले मतदान गर्न पाउने छन ।

रुपन्देहीमा २०८ मतदान स्थलमा ७०२ मतदान केन्द्र छन् । पाँचवटा अस्थायी मतदाताका लागि स्थल थपिएको छ । मतगणनाका लागि निर्वाचन आयोगले मतगणनास्थलमा आवश्यकताअनुसार व्यवस्थापन गरिसकेको र राति १० बजे देखि मतगणनाको तयारी भइरहेको जनाएको छ ।

सुरक्षाका लागि नेपाल प्रहरी र म्यादी प्रहरी मतदान स्थलमा तैनाथ छन् । मतदानस्थलमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ । १२ वटा अनुगमन टोलीले हरेक निर्वाचन क्षेत्रको अनुगमन गर्नेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित