बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न जाउपोखरा आधारभूत विद्यालयमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए                
समाचार :

रामपुर सांस्कृतिक साँझ सम्पन्न

पूर्वी पाल्पा समाज, रुपन्देहीको आयोजनामा शनिबार बुटवलमा रामपुर सांगीतिक साँझ सम्पन्न भएको छ । छोरी शिक्षा अक्षयकोष स्थापनार्थ समाजले सांस्कृतिक साँझ गरेको हो । विभिन्न कारण अध्ययन गर्न नसकेका छोरीहरुलाई शिक्षा प्रदान गर्नका लागि समाजले अभियानको थालनी छ ।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले भौतिक विकासले भन्दा शैक्षिक र चेतनाको विकासले मात्र समृद्धि सम्भव रहेको बताए । जति भौतिक विकास भए पनि जब सम्म मानिसमा चेतना र शैक्षिक विकास हुँदैन तब सम्म कुनै पनि विकासले सार्थकता नपाउने बताए । साथै जन्मथलो रामपुर भई हाल बसाइ फरक भए पनि रामपुर नगरपालिकाको विकास र समृद्धिका लागि समाजले गरेको कामको प्रशंसा गरे । कार्यक्रममा नगर उपप्रमुख बालकुमारी थापाले समाजले गरेको कामको प्रशंसा व्यक्त गरिन ।

कार्यक्रममा पूर्वी पाल्पा समाज रुपन्देहीका अध्यक्ष सुनिल श्रेष्ठले रामपुरका गरिब र जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहन गर्न कार्यक्रम गरिएको बताए । अध्यक्ष श्रेष्ठले आगामी दिनमा रामपुरमै आफ्नो गाउँ आफ्नो ठाउँ भन्ने अभियान सहित निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण समेत गरिने बताए ।

रामपुरमा पर्यटन प्रर्बद्धनको लागि पनि काम गर्ने बताए । शैक्षिक अध्ययन पुरा गर्न नसक्ने छोरीहरुको अविभावकत्व ग्रहण गरेर उज्वल भविष्य निर्माण गर्नका लागि छोरी शिक्षा अक्षयकोष मार्फत सहयोग प्रदान गर्ने समाजको लक्ष्य रहेको पूर्वी पाल्पा समाज रुपन्देहीका महासचिव भोजराज न्यौपानेले जानकारी दिए ।

अक्षयकोष स्थापनार्थ समाजले गरेको सांगीतिक साँझमा राष्ट्रिय लोक दोहोरी गायक बद्री पंगेनी, समिक्षा अधिकारी, मञ्जु भट्टराई लगायतका कलाकारहरुको सांगीतिक प्रस्तुति गरेका थिए ।

पूर्वी पाल्पा समाज रुपन्देहीका अध्यक्ष सुनील श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । दियालो फुड ल्याण्ड कालिका नगर बुटवल रुपन्देहीमा भएको कार्यक्रमको सञ्चालन समाजका महासचिव भोजराज न्यौपाने र नारायण लेकालीले गरेका थिए । कार्यक्रमको संयोजक राजेन्द्र कंडेलले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित