दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

होटल पौवाका चारवटा शाखा ‘अति उत्तम’ प्रमाणित

नेपाली खानाका परिकारमा अलगै पहिचान बनाएको होटल पौवाका चार वटा शाखाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अति उत्तम प्रमाणित गरेको छ ।

बाँकेको नेपालगञ्जस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट दाङको देउखुरीस्थित भालुवाङ शाखा, कपिलवस्तुस्थित कार्यालयबाट गोरुसिंगे शाखा, रुपन्देही कार्यालयबाट बुटवलस्थित योगीकुटी र भैरहवास्थित शाखालाई अति उत्तम प्रमाणित गरिएको होटल पौवाले जनाएको छ ।

पौवाका बाण्ड प्रमख विष्णु भण्डारीले चार वटै शाखामा चेकजाँचपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले यस्तो प्रमाणपत्र दिएको बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले होटल ततथा रेस्टुरेन्टहरुका खाना गुणस्तरीय, स्वस्थवर्द्धक भए नभएको, तेलको प्रयोग के कस्तो, लेबल कस्तो, किचन सरसफाइमा ध्यान दिएको वा नदिएकोलगायतका विषयमा चेकजाँच गरेर प्रमाणपत्र दिने गर्दै आएको छ ।

भण्डारीले हरेक शाखामा नेपाली खानाका परिकारलाई प्राथमिकताका साथ गुणस्तरमा ध्यान दिँदै बनाइरहेको र नेपाली संस्कृति संरक्षणमा समेत विशेष ध्यान दिएर ती पर्वअनुसारका खानाका परिकार बनाइरहेको जानकारी दिए ।

‘हामीले यसै पनि सबै शाखाको गुणस्तर, सरसफाइलगायतका विषयमा प्रमुख ध्यान दिएका हुन्छौं नै । त्यसमाथि सरकारी नियामक निकायबाटै अति उत्तम प्रमाणित हुनु सकारात्मक हो’, उनले भने, ‘आगामी दिनमा यस विषयमा यसअघिका प्रतिबद्धतालाई ध्यान दिँदै अगाडि बढ्नेछौं ।’

२०७३ सालमा स्थापना भएको पौवाको हाल नेपालका विभिन्न स्थानमा १३ वटा शाखा सञ्चालनमा छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित