तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सिद्धबाबा टनेल १६६ मिटर खनियो, भौतिक प्रगति १२ प्रतिशतमाथि

सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा सुरुङ १ सय ६६ मिटर खनिएको छ। आयोजनाका अनुसार कुल १ हजार १३६ मिटरमध्ये आइतबारसम्म १६६.२८ मिटर खन्ने काम पूरा भएको छ।

उत्तरतर्फबाट ७६.१२ र दक्षिण तर्फबाट ९०.१६ मिटर खनिएको छ। यससँगै सुरुङको भौतिक प्रगति १२.६३ प्रतिशत पुगेको छ। आयोजनाले सार्वजनिक गरेको विवरण अनुसार बाइपास प्रथमतर्फ ३८.१ मिटर खनिएको छ। बाइपास दोस्रो ३५.३ मिटर र बाइपास तेस्रो ३४.१ मिटर खनिएको छ।

स्लोप प्रोटेक्सनतर्फ दक्षिणतर्फ १४ सय ९५ वर्गमिटर बराबरको काम भएको छ। यहाँ कुल २३ सय वर्गमिटरमा स्लोप प्रोटेक्सनको काम गरिने छ। उत्तरतर्फ ४९५ वर्ग मिटर काम भएको छ।

आयोजनाको वित्तीय प्रगति भने १७.५ प्रतिशत पुगेको आयेजनाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित