तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

साउनदेखि बायोमेट्रिक प्रणालीबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्दै तिलोत्तमा

तिलोत्तमा नगरपालिका पंजीकरण उपशाखा अन्तर्गत सामाजिक सुरक्षा भत्ता, ईएफटी प्रणाली र बायोमेट्रिक प्रणालीको बिषयमा वडा सचिव तथा बैंकका प्रतिनिधिहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

नगरपालिकाले आगामी साउन बाट बायोमेट्रिक मार्फत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई नविकरण र नयाँ दर्ता गर्दा सो प्रणाली लागु गर्ने छ।

सो को लागि सबै लाभाग्राहीहरुको राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य भएकोले लाभाग्राहीहरुले असार मसान्त भित्रै सोको बारेमा टुंगो लगाई वडा कार्यालयमार्फत नविकरण गर्न सक्नेछन ।

बायोमेट्रिकका लागि नेपालभर ५० पालिका मध्ये तिलोत्तमा नगरपालिकामा सो प्रणाली लागु भएपछी सबै वडामा सो सम्बन्धि मेसिन समेत विभागले पठाएको छ।

कार्यक्रममा नगरपालिका मार्फत भत्ता बितरण गर्ने ११ बैंकका सबै प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगाराम आचार्य, पंजीकरण शाखाका युवराज तिवारी, मोहन न्यौपाने, लेखापाल पदमप्रसाद पाठक र सामाजिक शाखा प्रमुख बिनोद ज्ञवाली, रुद्र अधिकारीले सो बारेमा सहजीकरण गरेका थिए।

कार्यक्रममा सबै वडा अकर्यलायाका वडा सचिव र बैंकका कर्मचारी तथा नगरपालिकाका सम्बन्धित शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित