रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु

पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानस्थित तिनाउ खोलाको ड्याम साइडमा डुबेर एक भारतीय नागरिकको आइतबार मृत्यु भएको छ ।

भारतको गोरखपुर थाना सैजन्वा रंगौलिग्राम उत्तर प्रदेश बस्ने १५ वर्षीय आर्यन कुमारको तिनाउ खोलामा डुबेर मृत्यु भएको प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए । उनका अनुसार आफ्नो परिवारसहित १५/१६ जना घुम्न आएका आर्यन पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

प्रहरी चौकी दोभानबाट प्रहरी वरिष्ठ नायव निरीक्षकको कमाण्डमा टोली खटिई स्थानीयको सहयोगमा खोजतलास गर्नेक्रममा सोही स्थानमा आर्यन मृत फेला परेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित