तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

पत्रकार दिनेश पाण्डेलाई उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार

पत्रकार दिनेश पाण्डे वातावरण उत्कृष्ट लेखन पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृत भएका छन् । रुपन्देहीको परिवेशमा वातावरण पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै उत्कृष्ट लेखन पत्रकारिताको उत्कृष्टता हासिल गरेको भन्दै पाण्डेलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

विश्व वातावरण दिवसको अवसरमा बुधबार सिद्धार्थनगर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा उनलाई नगरप्रमुख इश्तियाक अहमद खाँ, वातावरण उत्कृष्ट लेखन पत्रकारिता पुरस्कार तथा वातावरण बचाउ आन्दोलन सिद्धार्थनगर, रुपन्देहीका संरक्षक एवं संस्थापक अध्यक्ष नारायण प्रसाद सापकोटाले नगद र सम्मानपत्रसहित पुरस्कृत गरेका हुन् ।

पाण्डे नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष समेत हुन् । उनी लुम्बिनी टेलिभिजन, समयचक्र डटकममा आबद्ध छन् । पुरस्कारको राशी रु. २५ हजारको रहेको छ ।

सो अवसरमा बोल्दै नगरप्रमुख खाँले वातावरणको क्षेत्रमा आगामी दिनमा पनि कलम चलाउन आग्रह गरे । उनले वातावरण संरक्षणका लागि वृक्षारोपण आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘सबैले आफ्नो घरमा विरुवा रोपौं, रुख-विरुवाले वातावरण संरक्षण हुन्छ ।’

सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ अधिकृत यादव प्रसाद सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा वातावरण उत्कृष्ट लेखन पत्रकारिता पुरस्कार तथा वातावरण बचाउ आन्दोलन रुपन्देहीका संरक्षक एवं संस्थापक अध्यक्ष नारायण प्रसाद सापकोटा, पुरस्कृत पत्रकार पाण्डेलगायतले भनाइ राखेका थिए । पुरस्कार मूल्यांकन समितिको संयोजक भरत कुमार पोखरेल थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित