तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

सीमाको रक्षा गर्ने नेपाली सच्चा राष्ट्रवादीः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले सीमा क्षेत्रका बासिन्दाले नै नेपाली भूमिको रक्षा गरेको बताएका छन् । उनले नेपालको एक इन्च भूमि पनि दायँबायाँ हुन दिनुहुन्न भन्दै सीमा क्षेत्रमा बसेर भूमि जोगाउन लागिपरेका नेपाली दाजुभाईहरु नै राष्ट्र र राष्ट्रियताप्रति सच्चा पहरेदार रहेको जनाए ।

रुपन्देहीको सियारी–२ मा पाँच दलीय गठबन्धनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार खाँणले अहिले धेरैले आफूलाई राष्ट्रवादी बनाउने कोसिस गरिरहेको जनाउँदै सबैभन्दा बढी राष्ट्रवादी भनेकै सीमा क्षेत्रमा बस्ने नेपालीहरु भएको दावी गरे । उनले सीमा क्षेत्रका बासिन्दालाई सरकारले सधै उच्च सम्मान गर्दै आएको र गरिरहने बताए ।

‘मुलुकको सीमानामा स्थायी बसोबास भएका, आफूहरूको घर, आँगन, जग्गा, कुलो भनेर दिनरात सीमाको रक्षा गर्ने स्थानीय सच्चा राष्ट्रवादी हुन भन्ने मेरो र सरकारको ठम्याई हो’, खाँणले भने । उनले सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरुका दुःख, मर्का, पीडा र समस्या समाधान गर्न सरकार लागि परेको बताए ।

‘हामीले सीमाबासीलाई पर्ने हरेक समस्यामा साथ दिँदै आएका छौं, नेपाली काँग्रेस र गठबन्धन सरकार सधैं तपाईंहरुको साथमा छ, ढुक्क भएर नेपाली भूमिको रक्षा गर्नुस्, निर्धक्क भएर आफ्नो दैनिकी संचालन गर्नुस्’, उनले भने, ‘समस्या परे सरकारले सहयोग गर्छ, समाधान गर्छ, यहाँहरुको हीतका काम गर्छौं ।’

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित