रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

गौतमबुद्ध बिमानस्थल भित्र पुर्ण आपतकालिन अभ्यास

दुर्घटना पूर्वतयारी स्वरुप भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्ण आपतकालीन अभ्यास गरिएको छ । जिल्लास्थित सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरोकारवाला नागरिकको सहभागितामा बिमानस्थलमा पुर्ण आपतकालिन अभ्यास गरिएको हो ।

दुई वर्षको अन्तरमा गर्ने गरिएको यस्तो खालको अभ्यासले बिमानस्थल भित्र दुर्घटना भईहाले क्षति न्युनीकरणमा टेवा पुग्ने बिश्वास लिईएको छ ।  पूर्ण आपतकालीन अभ्यासलाई वास्तविक तुल्याउन विमानस्थलमा रहेको पूरानोे विमानमा आगलागी गराइएको थियो । त्यसपछि उद्धार, उपचार र सावधानीका कार्यलाई सजिव ढंगले प्रस्तुत गरिएको थियो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन नियम अनुसार अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्येक दुई वर्षमा सम्पूर्ण सरोकारवालाको सहभागितामा दुर्घटना न्यूनिकरणका तथा आपतकालीन उद्धारको अभ्यास गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

विमानस्थलको धावन मार्गको दक्षिणतर्फ रहेको क्राइसिस म्यानेजमेन्ट क्षेत्रमा बिहान उडान भरिरहेको अवस्थामा चरा ठोक्किएर अनियन्त्रित बनेपछि चालकले आपतकालीन अवस्था घोषणा गरेर ल्याण्डिङ गरेपछि विमानमा आगलागी भएको अवस्थाको कल्पनामा यस्तो अभ्यास गरिएको थियो ।

विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले तीनवटा हाई अलर्ट अवस्था सिर्जना गरेर यस्तो अभ्यास गरिएको बताए । उनका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलले प्रत्येक दुई वर्षमा ‘फुल स्केल’ मा यस्तो अभ्यास गर्नुपर्छ ।

सोमबार गरिएको अभ्यासमा विमानस्थल कर्मचारीकासाथै नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी, फायर फाइटर, चिकित्सक, रेडक्रस र नागरिक सरोकारवालको सहभागिता रहेको थियो ।

महाप्रबन्धक तिवारीले छिटो उद्धार कार्य सकेर कम समयमा विमानस्थललाई कसरी सामान्य अवस्थामा फर्काउन सकिन्छ भन्नेबारे पनि अभ्यास गरिएको बताए । क्राइसिस क्षेत्रमा विमान अवतरण भएको कल्पना गरेर त्यहाँ रहेको पुरानो विमान नजिकै पानीमा आगो लगाइएको थियो ।

आगो लागेपछि विमानस्थलका आपतकालीन उद्धार बाहनले निभाएका थिए । उक्त कार्यमा नेपाली सेना, नेपाल र सशस्त्र प्रहरीले सघाएका थिए । विमानको आगो निभाएरपछि यात्रुको उद्धार अभ्यास गरिएको थियो ।

विमानबाट निकालिएका यात्रुको घटनास्थलमा पुगेका चिकित्सक र स्वास्थ्यकर्मीले प्राथमिक उपचार गर्नुका साथै घाइतेको अवस्था अनुसार वर्गिकरण गरेका थिए ।

घटनास्थलमा प्राथमिक उपचार गरेपछि घाइतेलाई एम्बुलेन्समा अस्पताल पठाइएको अभ्यास गरिएको थियो । उद्धार कार्यको विमास्थलका महाप्रबन्धकसँगै जिल्लाका सुरक्षा निकायका प्रमुखले समन्वय गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित