बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न जाउपोखरा आधारभूत विद्यालयमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए                
समाचार :

गुल्मीमा धेरै बजेट पाउने पालिका बन्यो मालिका

गुल्मी जिल्लाका गाउँपालिकाहरु मध्ये आर्थिक बर्ष २०८१ /०८२ का लागि नेपाल सरकार बाट सबै भन्दा बढि बजेट मालिका गाउँपालिकाले पाएको छ । मालिकाले आगामी आर्थिक बर्षका लागि ४२ करोड २५ लाख बजेट पाएको हो ।

गत बर्ष कार्य सम्पादन मूल्याकंनमा समेत उत्कृष्ट पालिकाहरु मध्येको एकमा परेको मालिका बिगतमा बढिमा ३८ करोड सम्म पाएको गाउँपालिका अध्यक्ष देविराम अर्यालले बताए ।

उनले सबै जनप्रतिनिधि , कर्मचारीहरुको मेहनत्ब, भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता , बिकास निर्माणमा छिटो छरितो गर्नु पर्छ भन्ने पालिकाको मान्यताको कार्यन्वन पक्षको प्रतिफल भएको प्रतिक्रिया दिए । त्यस्तै उपाध्यक्ष तथा अनुगमन समिति संयोजक उपेन्द्र अर्यालले निरन्तरको निगरानी र पालिकाको सिङ्गो अङ्गको मेहनतको पुरस्कार महसुस गरेको बताए । पालिका प्रशासनलाई चुस्त राख्न र स्थानीय सरकार संचालन ऐन भन्दा एक रत्ति दायाँ बायाँ नगरि काम गर्ने प्रमुख प्रशासकीय अधिकृत बिकास खनाल सहितका कर्मचारीहरु धन्यवादका पात्र रहेको त्यस पालिकाका प्रबक्ता ज्ञानकुमार बुढाको भनाई छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित