बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न जाउपोखरा आधारभूत विद्यालयमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए                
समाचार :

तिलोत्तमाका उत्कृष्ट ९ उद्यमी छनोट : अन्तिम प्रतिस्पर्धाबाट विजेताले पाउने छन् १ लाख पुरस्कार

बुटवल । तिलोत्तमा नरपालिकामा जारी चौथो संस्करणको ‘नगरउप प्रमुख दायित्व ग्रामिण महिला उद्यम द्रुतिकरण कार्यक्रम २०८१’  अनुसार उत्कृष्ट ९ जना उद्यमी छनौटमा परेका छन् । प्रतिष्पर्धाको आधारमा उनिहरुले ल्याउने योजना, विषय बस्तुसहित छनौट गरी उत्कृष्ट उद्यमीलाई १ लाख रुपैयाँ पुरस्कार दिने गरी सुरुवात भएको यो कार्यक्रमको चौथो संस्करणको यहि जेठ २४ गते मणिग्राममा फाइनल प्रतिस्पर्धा हुने छ ।

जसमा मिना पाण्डे, सुनिता कुमारी रेग्मी, कविता पाण्डे, मञ्जु गुरुङ्ग, मिना कुमारी बस्याल, सिमा शर्मा पाण्डे, शर्मिला पाण्डे, अञ्जु थापा, केशरकला थापा गरी ९ जना छनौटमा परेको दायित्व महिला उद्यम द्रीतकरण कार्यक्रम प्रदेश संयोजक सञ्जय पोखरेलले जानकारी दिए । यसरी छनौट भएका उद्यमी मध्ये उत्कृष्टले परियोजना लागनी योजनाको आधारमा १ लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै दोस्रो हुनेले ७५ हजार र  अन्य छनौटमा परेका प्रतिस्पर्धीले ५०÷५० हजार रुपैयाँ पुरस्कार पाउने छ ।

यहि जेठ २४ गते आयोजना हुने परियोजना प्रस्तुतिकरण कार्यक्रममा नरपालिका प्रमुख प्रसाकीय अधिकृत सहित उपप्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा विज्ञ, व्यापारशास्त्रका विद्यार्थीहरुको समेत मुल्यांकन समिति बनेर छनौट गरिने परियोजनाको उद्यमशिलता विज्ञ कमल थापाले जानकारी दिए ।

पहिला नै स सानो उद्यम गर्दै आएका महिलाहरुलाई उनिहरुले गर्दै आएको काम, परियोजनाको आधारमा सुरुवातमा ८० जना छौनटमा परेका थिए । त्यससबाट २० जना हुँदै अहिले ९ जना छनौटमा परेका हुन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित