प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो

अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ ।

उपमहानगरपालिकाले आगामी असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको छ ।

अत्यधिक गर्मी र तातो हावाले पठनपाठनमा समस्या भएपछि यही जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय भएको पालिकाका महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए ।

यसअघि नेपालगञ्ज उपमहानगरपालिकाले यही जेठ १५ देखि १८ गतेसम्म गर्मी बिदा दिएको थियो ।

उपमहानगरपालिकाको शिक्षा महाशाखाको क्यालेन्डरमा भने यस वर्ष जेठ २७ देखि असार १४ गतेसम्म गर्मी बिदा दिने उल्लेख छ ।

नेपालगञ्ज उपमहानगरपालिका भित्रका विद्यालयमा असार ९ गतेदेखि पठनपाठन हुने बताइएको छ ।

केही दिनअघि नेपालगञ्जको अधिकतम तापक्रम ४४.२ डिग्री सेल्सियससम्म मापन भएको थियो ।

गर्मीका कारण यहाँको जनजीवन कष्टकर बनेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित