तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेसुमा पुन डा. ईन्द्र ढकाल नियुक्त

पटक पटक फेरबदल भईरहेको लुम्बिनी प्रदेश सरकारले परिवर्तन गरेका मेसुहरुको स्थानान्तरण एवं हेरफेर गरेको छ। शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको रुपमा डा.इन्द्र ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ।

यसअघि नियुक्त भएका मेसु डा. सुदर्शन थापालाई हटाउदै यस अघि समेत मेसु रहेका डा. ढकाललाई नियुक्त गरिएको स्वास्थ्य मन्त्री दिपेन्द्र पुनले जानकारी दिए ।

यस्तै प्रदेश मन्त्रीपरिषद् बैठकले प्रदेश सरकार मातहतमा रहेका अस्पतालहरुको प्रमुखहरुको सरुवा समेत गरेको छ । जस अन्र्तगत गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बञ्जाडेलाई कपिलवस्तु अस्पतालमा सरुवा गरिएको छ ।

भिम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मोहमद नुरुल होदालाई पृथ्वीचन्द्र अस्पताल परासी र डा.सकुन्तला गुप्ता लुम्बिनी प्रादेशीक अस्पतालबाट भिम अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको रुपमा सरुवा गरिएको स्वास्थ्य मन्त्री पुनले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित