रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

तिलोत्तमाको बालमैत्री शासन दीगोपनका लागि पाँचवर्षे रणनीतिक योजना तयार

रुपन्देहीको तिलोत्तमा नगरपलिकामा बालमैत्री स्थानिय शासनको दिगोपनाकालागी पन्चबर्षीय आवधिक लगानी योजना निर्माण सम्बन्धी संयुक्त कार्यशाला सम्पन्न भएको छ।

नगरपालिकाले घोषणा पश्चात् दीगोपनाको लागि पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ । ५१ सूचक पुरागरि नेपालकै पहिलो बालमैत्री घोषणा गरेको नगरपालिकाको रणनीतिक योजना तर्जुमा समितिले बाल बचाउ, संरक्षण, विकास, सहभागिता र संस्थागत सम्वन्धमा पाँच वर्षे (२०८१/८२ देखि २०८५/८६) रणनीति योजना तयार गरी नगरपालिकामा बुझाएको हो ।

बालमैत्री नगरसमितिका पदाधिकारी, कार्यपालिका सदस्य, पालिकास्तरका बालसञ्जालका पदाधिकारीहरु, पालिकास्तरका बाल संरक्षण तथा समन्वय समितिका पदाधिकारी, बालमैत्री सहयोग समिति र कर्मचारीहरुको सहभागितामा सञ्चालन भएको गोष्ठीबाट व्यापक छलफल गरी रणनीतिक योजना तयार भएको बालमैत्री शाखाका प्रमुख अधिकृत शारदा भट्टराईले बताईन।

नेपाल सरकारले राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा गरेको प्रतिवद्धता अनुसार नगरपालिकाले बालअधिकार सुनिश्चित गर्दै भविष्यमा समाज र राष्ट्रका लागि सक्षम नागरिक निर्माण गर्ने उद्धेश्य स्वरुप बालमैत्री कार्यक्रमका लागि दीर्घकालिन योजना बनाइएको बालमैत्री नगरसमितिका संयोजक तथा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले बताए ।

बालअधिकारका चार क्षेत्रहरु बाच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारलाई संस्थागत गर्नको लागि रणनीतिक योजना तयार गरिएको नगर उपप्रमुख जागेश्वर देवी चौधरीले बताईन ।

५ वर्षे रणनीति योजना बालमैत्री स्थानीय शासन समिति मार्फत नगरकार्यपालिकामा पेश भई छलफल, परिमार्जन सहित आगामी नगरसभामा पेश गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए । उनले दिगोपना र थप गुणस्तरीय बालमैत्री वातावरण निर्माणको लागि आफुहरु निरन्तर लाग्ने बताए।

बालमैत्री स्थानीय शासनका लागि कार्यविधिमा उल्लेख भएका ५१ सूचकका ५ खुड्किलामा टेकेर नगरपालिकाले बालबालिकाको क्षेत्रमा विशेष लगानी गर्दै आएको नगरपालिकाले गोष्ठीमा बालमैत्री राष्ट्रिय अभियानका प्रशिक्षक बिष्णु बहादुर चौबे, स्थानिय संस्थागत तथा सामुदायिक बिद्यालयका प्रतिनिधी, स्वास्थ्य शाखा का प्रतिनिधी , सरोकारवाला, जनप्रतिनिधी मार्फत वडाका बालमैत्री फोकल पर्सन, वडा बाल संजालका प्रतिनिधी, र नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित