
बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का केही स्थानमा निःशुल्क वाईफाइ जडान भएको छ । वडा कार्यालयको बजेट अन्तर्गत टोल बिकास समितिको माग अनुसार वडाका २ स्थानमा निःशुल्क वाईफाइ जडान गरिएको हो ।
कुसुम टोल विकास संस्थाको मुख्य चोक र सञ्चयकोष चोकमा वाईफाई जडान भएको हो । वडा नं. ८ का अध्यक्ष यज्ञ प्रसाद पङगेनीले मोबाईलमा वाईफाई कनेक्ट गर्दै निःशुल्क वाईफाइ सेवाको उद्घाटन गरे । वडा अध्यक्ष पंगेनीले प्रविधिको सदुपयोग गर्दै वडाबासीलाई मुख्य मुख्य चोकमा निःशुल्क वाईफाइ दिने उद्देश्य अनुरुप निशुल्क सेवा संचालन गरिएको बताए ।
हाल ६५ हजार बजेटमा दुई स्थानमा वाईफाई सेवा शुरु गरिएको र आगामी आर्थिक वर्षमा टोल विकास समितिको माग अनुसार अन्यत्र पनि बढाउंदै लैजाने उनले बताए ।
प्राविधिक बिसन गहतराजले जडान गरिएको राउटरले ३ किलोमिटर सम्म रेन्ज दिने तथा पानी परेको अवस्थामा पनि नबिग्रने बताए ।
टोल विकास समितीका उपाध्यक्ष हरि ज्ञवाली, पूर्व अध्यक्ष नारायण भुसाल लगायतले प्रविधिको प्रयोगको आवश्यकता रहेको भन्दै अब समग्र वडामा नै यो काम लागू गर्नुपर्ने बताए ।