रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

अत्यधिक गर्मीका कारण नेपालगञ्जका विद्यालय भाेली देखि ४ दिन सम्म बन्द

नेपालगन्जका विद्यालय बन्द हुने भएका छन्। अत्यधिक गर्मीसँगै तातो हावा (लु) चलेकाले नेपालगन्ज उपमहानगरपालिकाले जेठ १५ देखि १८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

नगरस्तरीय विपद व्यवस्थापनको बैठकले गर्मी बिदा गर्ने निर्णय भएको नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख उपसचिव गोर्खबहादुर थापाले जानकारी दिए।

नेपालगन्जमा केही दिनदेखि गर्मी बढेको छ। यहाँको तापक्रम ४१ डिग्रीभन्दा बढी रहेको छ। गर्मी अझै बढ्ने पूर्वानुमान गरिएको छ। गर्मीसँगै ‘लु’ चलेको छ।

अत्यधिक गर्मीले बाहिर काम गरेर गुजारा चलाउनेलाई धेरै प्रभाव पारेको छ। गर्मीले गर्दा नेपालगन्जमा दिउँसो बाहिर निस्किन छोडिएको छ। स्वास्थ्यकर्मीले पनि अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र पानीलगायत झोलिलो खानेकुरामा जोड गर्न आग्रह गरेका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित