कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

नदी किनारामा रहेका विद्युत टावर संरक्षणका लागि पहल

तिनाउ नदी किनारमा रहेका विद्युत प्रसारण लाइनलाई संरक्षण गर्ने गरी नदीजन्य सामग्री उत्खनन गर्ने निर्णय गरिएको छ । तिनाउ खोलाबाट नदीजन्य सामाग्री उत्खनन् गर्दा विद्युत प्रसारण लाइनलाई असर नपर्ने गरी सामग्री निकाल्नुपर्ने तथा विद्युतको टावरमा क्षति पुग्ने सम्भावित जोखिमलाई मध्यनजर गरी उत्तरतर्फ केन्द्रित नदीको हालको बहावलाई पश्चिमतर्फ डाईभर्ट गर्ने निर्णय गरिएको छ ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमकान्त चपाई, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, वडाअध्यक्ष दीपक बहादुर शाही, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थी, नेपाल विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखा इञ्जिनियर सुर्य पाण्डेसहितको टोली तथा सुरक्षा निकायका प्रमुखसहितको टोलीले सियारी ७ को भर्तापुर नाकाको अनुगमन तथा निरीक्षण गरी नदी संरक्षणका लागि सबैले सहकार्य गर्ने निर्णय गरिएको हो ।

सियारी गाउँपालिकाले ठेक्का लगाई नदीजन्य पदार्थ उत्खनन् भइरहेको स्थानमा सृजित स्थानीयबासीहरुको विरोध र उक्त स्थानमा रहेको विद्युत प्रशारण लाईनको ल्याटिक टावरको सुरक्षा लगायतका विषयमा छलफल गरी नदीजन्य सामग्री निकाल्दा नदीको नेचुरल फ्लो क्यानलिङ हुने गरी व्यवस्थित तरिकाले निकाल्ने, विद्युतको टावर अगाडिको स्थानमा ग्याभियन पर्खाल लगाई टावरको सुरक्षा गर्ने निर्णय गरिएको छ ।

तिलोत्तमा नगरपालिका वडा नम्बर १४ सँग सिमाना जोडिएको उक्त घाटमा रहेको विद्युत प्रसारण लाइन जोखिममा परेपछि त्यसको सुरक्षाका लागि विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखा, सियारी गाउँपालिका र तिलोत्तमा नगरपालिका समेतको त्रिपक्षीय लगानीका लागि छलफल गरी संरक्षणात्मक प्रबन्ध तत्काल गर्ने निर्णय समेत गरेको छ ।

तिनाउ नदीको तिलोत्तमातर्फको किनार हुँदै बुटवलदेखि मैनहियासम्म १३२ केभी विद्युत प्रसारण लाइन लगिएको छ । उक्त विद्युत प्रशारण लाईनको संरक्षण तथा ठक्का लगाइएको नदीजन्य सामग्रीको उत्खनन्मा असर नपर्ने गरी काम गर्ने विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको भनाइ छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित