लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

वनको संरक्षण तथा डढेलो नियन्त्रणका लागि सरकारले तोकेका मापदण्डहरु पालना गरौ सभामुख घर्ती

तिनाउ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले वनको संरक्षण तथा डढेलो नियन्त्रणका लागि सरकारले तोकेका मापदण्डहरु पालना गर्न उपभोक्ताहरुलाई आग्रह गरेका छन् । वन संरक्षणमा स्थानीय उपभोक्ताको भूमिका महत्वपूर्ण हुने बताउँदै लुम्बिनी प्रदेशसभाबाट जलाधार क्षेत्र संरक्षण ऐन निर्माण भैरहेको जानकारी दिए ।

पाल्पाको दोभानमा सामुदायिक वन समन्वय समिति तिनाउ र डिभिजन वन कार्यालय पाल्पाले आयोजना गरेको डढेलो नियन्त्रण सम्बन्धी बृहत् आमसभा एवम् वनसँग सेलिब्रेटी कार्यक्रममा बोल्दै उनले संघीय कानूनसँग नबाझिने गरि जलाधार क्षेत्र संरक्षण ऐन निर्माण गर्दा उपभोक्तालाई समेत सहज हुनेगरी कानून निर्माणमा आफ्नो पहल रहने उल्लेख गरे । चुरे क्षेत्रमा रहेको तिनाउले वन संरक्षण गर्दा बुटवलले समेत पानी पाउने उदाहरण प्रस्तुत गर्दै उनले वन संरक्षणमा सबै क्षेत्र तथा ठाउँका उपभोक्ताको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । सरकारले हरेक वर्ष चैत्र १ देखि ७ गते सप्ताहव्यापी डढेलो नियन्त्रण सम्बन्धी अभियान सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले हरेक वर्ष तिनाउमा डढेलो सम्बन्धि सचेतनामूलक कार्यक्रम हुनेगरे पनि डढेलो नियन्त्रणमा चुनौति रहेको बताए । वन संरक्षण गर्नु पालिकाका हरेक नागरिकको दायित्व भएको बताउँदै श्रेष्ठले तिनाउ जल, जमिन र जंगलले भरिपूर्ण रहेको पालिका भएकाले पनि लुम्बिनी प्रदेशमै प्रसिद्ध रहेको बताए । वन वातावरण पर्यटन तथा खानेपानी मन्त्रालय लुम्बिनी प्रदेशका वन निर्देशनालय निर्देशक दधिलाल कंडेलले नियन्त्रण भन्दा बाहिर जाने गरि लाग्ने डढेलोले वन जंगल, जंगली जनावर र मानवीय क्षति समेत हुने भएकाले सचेत रहन र वनका नियम पालना गर्न अनुरोध गरे । तिनाउ वन समन्वय समिति पाल्पाका अध्यक्ष दलबहादुर गुरुङले नागरिकमा सचेतना फैलाउने उद्देश्यले हरेक वर्ष यस्ता सचेतनामूलका कार्यक्रम आयोजना गरिएको बताए । तिनाउ वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रण बाहिर जादा ठूलो जनधनको क्षति भएकोले आगामी दिनमा थप सचेतना फैलाउने उद्देश्यले बृहत आमसभाको आयोजना गरिएको बताए ।

कार्यक्रममा वन उपभोक्ता महासंघ, तिनाउका अध्यक्ष गोबिन्द पाण्डेय, सामुदायिक वन समन्वय समितिका सल्लाहकार राजेश श्रेष्ठ, तिनाउ गाउँपालिका उपाध्यक्ष लाल बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेत, डिभिजन वन कार्यालय, पाल्पाका अधिकृत नारायणदेव भट्टराई लगायलते बोल्दै वनमा जाँदा अनावश्यक लाईटर जस्ता प्रज्वलनशिल बस्तु नलैजान, कतै डढेलो लागेको थाहा पाएमा तुरुन्तै नजिकैको प्रहरी कार्यलय, स्थानीय पालिकाका सम्बन्धित संयन्त्रलाई खबर गर्न अनुरोध गरेका थिए ।

वन सम्बन्धी सचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय कलाकार गायक खुमन अधिकारी, रुपेश कार्की, मन्जु भट्टराई, नृत्यङ्गना मनिषा बस्याल नेपाली लगायतको प्रस्तुती रहेको थियो । कार्यक्रम सामुदायिक वन समन्वय समिति तिनाउका उपाध्यक्ष प्रेम पाण्डेयको स्वागत तथा सचिव दिनेश जीसीको सञ्चालन भएको थियो । कार्यक्रममा समन्वय समिति अन्तरगत तिनाउमा रहेका ८३ वटा सामुदायिक वनका प्रतिनिधि तथा उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित