रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ वटा पुरस्कार वितरण गर्दै

  • `
  • बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ ७ गते आफ्नो ७ औँ वार्षिकोत्सवको अवसर पारेर २ जना चलचित्र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । अध्यक्ष मोहन न्यौपानेको अध्यक्षतामा गत सोमबार बसेको सङ्घको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।

    सङ्घका सचिव विकास गौतमले बैठक पश्चात निर्णय सार्वजनिक गर्दै पुरस्कार तथा सम्मानको जानकारी दिएका हुन् । निवर्तमान अध्यक्ष सुमन श्रेष्ठको संयोजकत्वमा गरिएको निर्णयमा उल्लेख गरिए अनुसार पत्रकार एन बी कंडेल चलचित्र पत्रकारिता सम्मान २०८० मार्फत दिवंगत पत्रकार कृष्ण बाबु पाण्डेलाई मरणोपरान्त सम्मान गरिने भएको छ भने नवोदित चलचित्र पत्रकार सम्मान २०८० मार्फत पत्रकार ईन्द्र खत्रीलाई नगद, दोसल्ला र मायाको चिनो सहित सम्मान प्रदान गरिनेछ । पुरस्कार समितिमा श्रेष्ठको संयोजकमा डीबी सुस्लिङ्ग र सन्त कुमार श्रेष्ठ सदस्य रहेका छन् ।

    जेठ ७ गते सोमबार योगिकुटी स्थित होटल पौवामा आयोजना गरिने एक विशेष समारोहमा बुटवल कार्यक्षेत्र भएका पत्रकार स्वर्गीय कृष्ण बाबु पाण्डे र पत्रकार इन्द्र खत्री लाई पुरस्कृत गरिँदै छ । पुरस्कारमा नगद सहित सम्मान पत्र रहेको छ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित