लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ वटा पुरस्कार वितरण गर्दै

  • `
  • बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ ७ गते आफ्नो ७ औँ वार्षिकोत्सवको अवसर पारेर २ जना चलचित्र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । अध्यक्ष मोहन न्यौपानेको अध्यक्षतामा गत सोमबार बसेको सङ्घको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।

    सङ्घका सचिव विकास गौतमले बैठक पश्चात निर्णय सार्वजनिक गर्दै पुरस्कार तथा सम्मानको जानकारी दिएका हुन् । निवर्तमान अध्यक्ष सुमन श्रेष्ठको संयोजकत्वमा गरिएको निर्णयमा उल्लेख गरिए अनुसार पत्रकार एन बी कंडेल चलचित्र पत्रकारिता सम्मान २०८० मार्फत दिवंगत पत्रकार कृष्ण बाबु पाण्डेलाई मरणोपरान्त सम्मान गरिने भएको छ भने नवोदित चलचित्र पत्रकार सम्मान २०८० मार्फत पत्रकार ईन्द्र खत्रीलाई नगद, दोसल्ला र मायाको चिनो सहित सम्मान प्रदान गरिनेछ । पुरस्कार समितिमा श्रेष्ठको संयोजकमा डीबी सुस्लिङ्ग र सन्त कुमार श्रेष्ठ सदस्य रहेका छन् ।

    जेठ ७ गते सोमबार योगिकुटी स्थित होटल पौवामा आयोजना गरिने एक विशेष समारोहमा बुटवल कार्यक्षेत्र भएका पत्रकार स्वर्गीय कृष्ण बाबु पाण्डे र पत्रकार इन्द्र खत्री लाई पुरस्कृत गरिँदै छ । पुरस्कारमा नगद सहित सम्मान पत्र रहेको छ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित