दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

गुल्मीमा बाढीले पुल निर्माणका सामग्रीमा क्षति

गुल्मी । गुल्मीमा बिहीबार भएको वर्षाले पनाहा खोलामा बाढी आउँदा बर्बोट भनभने-पुर्कोट सडकखण्डमा काम गर्ने निर्माण व्यवसायीका सामग्रीमा क्षति पुर्‍याएको छ । बाढीले सडक विस्तारका क्रममा प्रयोग भएका एसी कन्ट्रकसन प्रालिका २ वटा टिपर, २ वटा इस्काभेटरलगायत साधन बगाएको हो ।

त्यस्तै गएराति भारी वर्षासँगै आएको बाढीले पुल निर्माणको सामानहमा पनि क्षति पुर्‍याको छ । धुर्कोट गाउँपालिका–१ र ४ जोड्ने पनाहा खोला ठुल्दी भन्ने ठाँउमा निर्माणाधीन पुलका सामानहरु बाढीले बगाएर क्षति पुर्‍याएको निर्माण व्यवसायीले बताएका छन् । उक्त स्थानमा अन्जना श्रेष्ठ जेभी कन्ट्रक्सन तम्घासले निर्माण गर्दै आएको थियो ।

बाढीले सामग्री बगाएको प्रहरी चौकी धुर्कोटमा खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक बच्छराज यादवको कमाण्डमा २ जनाको टोली खटिएको थियो । प्रहरीले सामग्रीमा क्षति पुगे/नपुगेको बारे विस्तृत अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित