दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

आस्थाको आधारमा भेदभाव नर्गन पत्रकार महासंघलाई प्रगतिशीलको आग्रह

 

बुटवल । प्रगतिशील पत्रकार संघले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानमा आस्थाको आधारमा भेदभाव नर्गन आग्रह गर्दै आस्थाकै आधारमा भेदभाव गरिए संघर्ष गर्ने बताएको छ । प्रगतिशील पत्रकार संघ नेपालको केन्द्रीय समिति बैठकबाट महासंघको नामावलीमा भेदभाव गरिए संर्घष गर्ने निर्णय भएको जानकारी दिइएको हो ।

अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा २०८१ जेठ २ गते बिहीबार सार्वजनिक गरिएको प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको छ ।

विज्ञप्तिमा क्रियाशील पत्रकारको सदस्यता कायम गर्नुपर्ने, नयाँ पत्रकारलाई महासङ्घको सदस्यता प्रदान गर्नुपर्ने र गैरपत्रकारको सदस्यता खारेज गर्नुपर्नेमा जोड दिइएको छ ।

महासङ्घ चुनावको सन्दर्भमा वामपन्थी र प्रजातान्त्रिक पत्रकार सङ्गठनसित सहकार्य गर्न सकिने निर्णय भएको बताइएको उक्त वक्तव्यमा वार्ता, सहमति, समन्वय र सहकार्यका लागि अध्यक्ष पोखरेलको नेतृत्वमा पाँच सदस्यीय समिति बनाइएको उल्लेख छ ।

प्रेसविज्ञप्तीको पूर्णपाठ ः

“प्रगतिशील पत्रकार संघ नेपालको २०८१ जेठ २ गते बुधबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समितिको बैठकले नेपाल पत्रकार महासङ्घको शुद्धीकरण अभियान र चुनावसित सम्बन्धित निम्न निर्णय गरेको जानकारी गराउँछौँ ।

१. हाम्रो सङ्गठन नेपाल पत्रकार महासङ्घमा सदस्यता शुद्धीकरणको आवश्यकतालाई स्वीकार गर्दछ । त्यसैले हामी महासङ्घको शुद्धीकरण अभियानफ्रति नीतिगत समर्थन व्यक्त गर्दछौँ तर शुद्धीकरणको त्रममा कपिलवस्तु, बागलुङ, अर्घाखाँची, बाँके, दाङ, प्युठान, सुर्खेतसहित देशका विभिन्न जिल्लामा हाम्रो सङ्गठनका क्रियाशील पत्रकारहरूलाई पनि हटाउन फ्रस्ताव गरिएको छ । यदि महासङ्घको सदस्यता शुद्धीकरणको क्रममा हाम्रो सङ्गठनमा आबद्ध त्रियाशील पत्रकारहरूप्रति आस्थाको आधारमा भेदभावपूर्ण व्यवहार अपनाउँदै सदस्यता खारेज गरिएमा यस्तो नामावली हाम्रो सङ्गठनले स्वीकार गर्ने छैन । केन्द्रीय समितिको बैठकले त्यसको विरोध गर्दै तत्कालै सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

२. पत्रकार महासङ्घको सदस्यता शुद्धीकरणको मूल मर्मलाई पक्रेर कसैप्रति आग्रह वा दूराषय नराखी निष्पक्ष प्रकारले क्रियाशील पत्रकारको सदस्यता कायम गर्न, नयाँ पत्रकारलाई सदस्यता प्रदान गर्न र गैरपत्रकारको सदस्यता खारेज गर्न हाम्रो सङ्घठन माग गर्दछ । त्यसका साथै बैठकले कैयौँ जिल्लामा महासङ्घको सदस्यता स्थानान्तरण कार्य सम्पन्न नभएकोमा महासङ्घको ध्यानाकर्षण गराउन चाहान्छ । सदस्यता स्थानान्तरणको विषयलाई तत्कालै सम्बोधन गर्न माग गर्दछ ।

३. बैठकले महासंघकोे चुनावमा वामपन्थी र प्रजातान्त्रिक दुवै प्रकृतिका पत्रकार संगठनहरुसित तालमेल गर्न सकिने निर्णय गरेको छ । तर राजावादी वा जातिवादी पत्रकार संगठनसति भने हाम्रो संगठनले महासंघको चुनावमा तालमेल गर्ने छैन । यस सन्दर्भमा महासंघलाई सम्पूर्ण श्रमजीवी पत्रकारको अपनत्व हुने गरी साझा संगठन बनाउन पत्रकार संगठनहरूसित सहमति र सहकार्यका लागि हाम्रो संगठनले सधैँ तत्पर रहेको पनि जानकारी गराउँछौँ ।

४. महासंघ चुनावको सन्दर्भमा अन्य पत्रकार संगठनसित वार्ता, सहमति, सहकार्य र समन्वय प्रक्रियामा प्रवेश गर्न बैठकले केन्द्रीय स्तरको समिति बनाएको छ । वार्ता समितिमा अध्यक्ष श्यामलाल पोखरेल, उपाध्यक्ष विनोद पौडेल, महासचिव प्रकाश थापामगर, केन्द्रीय सदस्यहरू रमेश पौडेल र रोशन दानी रहनुभएको छ । आवश्यकताअनुसार प्रदेश र जिल्ला स्तरमा पनि वार्ता समिति बनाउने निर्णय भएको छ ।”

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित