रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

तिलोत्तमाका महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शुरु

 

तिलोत्तमा । रुन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नम्बर-६ स्थित आनन्दबन स्वास्थ्य चौकीमा नि:शुल्क रुपमा महिलाको पाठेघरको मुखको क्यान्सरको पहिचान ‘स्क्रिनिङ’ शुरु गरेको छ। पाठेघरको मुखको क्यान्सर पत्ता लगाउनका लागि ३० देखि ४९ वर्ष उमेर समूहका महिलामा ‘स्क्रिनिङ’ गरिएको स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेलले बताएका छन्। सो स्वास्थ्य चौकीबाट शुरु गरिएको क्याम्प तिलोत्तमा भरिका मुख्य ६ वटा स्वास्थ्य सस्थामा संचालन हुने शाखा प्रमुख पौडेलले बताए।

कार्यक्रमको विधिवत शुभारम्भ गर्दै नगरपालिका का नगर उपप्रमुख जगेश्वर देवी चौधरीले पाठेघरको मुखको क्यान्सर समयमा नै उपचार गरे ठिक हुने बताइन्। धेरै जसो ४० वर्षमाथिका महिलालाई क्यान्सर हुने सम्भावना रहन्छ। उनले पाठेघर फ्याकेपछि पाठेघरको मुखको क्यान्सर हुँदैन भन्ने गलत धारणाले धेरै महिलाले पाठेघर फालेको समेत बताइन्। “पाठेघर फालेकालाई पनि क्यान्सर हुने सम्भावना हुन्छ”, उनले भनिन्।

सो अवसरमा बोल्दै महिलाको स्वास्थ्य अवस्थाका बारेमा प्रारम्भिक जानकारी राख्न तथा भयानक रोगबाट बचाउन यस्तो शिविरको नगरपालिकाले सधैको बर्षजस्तै नि:शुल्क शिविरको आयोजना गरिएको तिलोत्तमा-६ का वडा अध्यक्ष गणेश पाठकले बताए। भान्साको खानपानबाटै सुधार गरी सबैले चनाखो भएर रोगसंग लड्ने क्षमता हुने खाना र परिकार बनाई प्रयोग गर्न सुझाव दिदै वडाअध्यक्ष पाठकले रोग लाग्न नदिन समयमै चेकजांच गर्नुपर्ने समेत बताए। स्वास्थ्य चौकीमा पहिलो दिन स्क्रिनिङ गरिएका १ सय ३५ जना मध्ये ६ जनालाई भीआईए पोजिटिभ, १ जनालाई युटेरस प्रोल्याप्स, १ जनालाई सीए र १४ जनालाई पीआइडि र अन्य १० जनालाई सामान्य लक्षण देखिएको स्वास्थ्य चौकी इन्चार्ज राम प्रसाद चुंदालीले बताए। लक्षण देखिएका बिरामीहरुलाई परामर्श सहित औषधी समेत बितरण गरिएको थियो। कार्यक्रममा डा बर्षा पौडेल स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक केशव भट्टराई,लक्ष्मी घिमिरे सहितको टिमले महिलाहरुको स्वास्थ्य चेकजांच तथा उपचार र औषधी बितरण गरीएको थियो।

सरकारले सन् २०३० सम्म ९० प्रतिशत महिलाको महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्ने लक्ष्य लिएको छ। पाठेघरको क्यान्सर विश्वमा पाँचौँ नम्बरमा र नेपालमा पहिलो नम्बरमा पर्दछ। पाठेघरको मुखको क्यान्सरबाट विश्वमा दिनमा चार जनाको मृत्यु हुने गरेको छ। महिलामा असुरक्षित यौनसम्पर्क, धूम्रपान र सानै उमेरमा विवाह गर्ने जस्ता कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ।

स्त्रीरोग विशेषज्ञ डा बर्षा पौडेलले सुरुमा पाठेघरको मुखको क्यान्सरको लक्षण नदेखिने र पछि क्यान्सर बढेपछि मात्र थाहा पाउने भएकाले बताइन्। उनले महिनावारी नभएको बेला रगत बग्ने, यौन अङ्गबाट रगतसँगै सेतो पानी आउने, यौन सम्पर्कपछि रगत बग्नेजस्ता पाठेघरको मुखमा क्यान्सर भएपछि देखिने लक्षण रहेको बताइन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित