तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

जेठ ३ गते देखि नयाँगाउँमा प्रथम साँस्कृतिक रमाइलो मेला

बुटवल । बुटवल–१२ नयाँगाउँमा बिहीबारदेखि प्रथम साँस्कृतिक रमाइलो मेला–२०८१ सुरु हुने भएको छ । फर्वाड नेपाल मल्टिप्रपोज कम्पनी प्रालिले मेला आयोजना गरेको हो । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष गोविन्द भुसालले मेलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।

साँस्कृतिक तथा पर्यटनको बिकासमा टेवा पुरर्याउने उद्वेश्यका साथ मेलाको आयोजना गरिएको उनले बताए । मेलामा साँस्कृतिक कार्यक्रम सँगै बाल उद्यान, टोटल र व्यापारीक स्टलहरु रहनेछन् । मेला दिउसो ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने अध्यक्ष भुसालले जानकारी गराए ।

मेलामा स्थानीय कलाकारसँगै राष्ट्रियरूपमा ख्याति कमाएका बद्री पंगेनी, ज्योति मगर, प्रिती आले, धुर्मस सुन्तली, पल शाह लगायतले प्रस्तुति दिनछन् ।

डान्स आइडलमा प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीयलाई १० हजार पुरस्कार प्रदान गर्ने अध्यक्ष भुसालले जानकारी दिए ।

मेलामा प्रबेशका लागि सय रुपैयाँ टिकट तोकिएको छ भने विद्यार्थीलाई सहुलियतमा ७० रुपैयाँ कायम गरीएको छ । यस्तै जेष्ठ नागरीक र ५ वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क प्रबेशको व्यवस्था गरीएको अध्यक्ष भुसालले बताए ।

उनका अनुसार मेलामा व्यावसायिक, कृषि, बाल उद्यान, होटल तथा रेष्टुराँ गरी ३० बढी स्टल रहनेछन् । १६ दिनसम्म चल्ने मेला १९ गते समापन हुनेछ । मेला अवधिरमा करिब ५० हजार दर्शकले मेलाको अबलोकन गर्ने अनुमान गरिएको छ ।

मेलालाई उपकार आमा समुह नयाँगाउँ, संगम टोल विकास संस्थाले सहयोग गरेका छन् भने सह आयोजकमा बुटवल १२ र १३ वडा कार्यलय रहेका छन् ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित