
बुटवल । बुटवल–१२ नयाँगाउँमा बिहीबारदेखि प्रथम साँस्कृतिक रमाइलो मेला–२०८१ सुरु हुने भएको छ । फर्वाड नेपाल मल्टिप्रपोज कम्पनी प्रालिले मेला आयोजना गरेको हो । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष गोविन्द भुसालले मेलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।
साँस्कृतिक तथा पर्यटनको बिकासमा टेवा पुरर्याउने उद्वेश्यका साथ मेलाको आयोजना गरिएको उनले बताए । मेलामा साँस्कृतिक कार्यक्रम सँगै बाल उद्यान, टोटल र व्यापारीक स्टलहरु रहनेछन् । मेला दिउसो ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने अध्यक्ष भुसालले जानकारी गराए ।
मेलामा स्थानीय कलाकारसँगै राष्ट्रियरूपमा ख्याति कमाएका बद्री पंगेनी, ज्योति मगर, प्रिती आले, धुर्मस सुन्तली, पल शाह लगायतले प्रस्तुति दिनछन् ।
डान्स आइडलमा प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीयलाई १० हजार पुरस्कार प्रदान गर्ने अध्यक्ष भुसालले जानकारी दिए ।
मेलामा प्रबेशका लागि सय रुपैयाँ टिकट तोकिएको छ भने विद्यार्थीलाई सहुलियतमा ७० रुपैयाँ कायम गरीएको छ । यस्तै जेष्ठ नागरीक र ५ वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क प्रबेशको व्यवस्था गरीएको अध्यक्ष भुसालले बताए ।
उनका अनुसार मेलामा व्यावसायिक, कृषि, बाल उद्यान, होटल तथा रेष्टुराँ गरी ३० बढी स्टल रहनेछन् । १६ दिनसम्म चल्ने मेला १९ गते समापन हुनेछ । मेला अवधिरमा करिब ५० हजार दर्शकले मेलाको अबलोकन गर्ने अनुमान गरिएको छ ।
मेलालाई उपकार आमा समुह नयाँगाउँ, संगम टोल विकास संस्थाले सहयोग गरेका छन् भने सह आयोजकमा बुटवल १२ र १३ वडा कार्यलय रहेका छन् ।