रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

दाङको बबई नदिमा डुबेर दाजुभाइको मृत्यु

दाङको बबई नदिमा डुबेर दाजुभाईको मृत्यु भएको छ। बबई गाउँपालिका-७ ओदालेघाटमा पौडी खेल्ने क्रममा मंगलबार एकैघरका दुई दाजुभाइको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक अजयजङ्ग थापाका अनुसार १८ बर्षका दिपक परियारलाई र १६ वर्षका दिपेश परियारको पौडी खेल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको हो।

नदीमा डुबेर बेहोस भएका उनीहरुलाई उद्धार गरेर अस्पताल लगिएको थियो। उपचारका क्रममा तुलसीपुर अस्पतालमा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरु बुवा आमासँगै ओदालेमा रहेको फुपुको घरमा आएको बेला घटना भएको हो। उनीहरु कामको शिलशिलामा भारतमा बस्दै आएका थिए।

शवको पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित