३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

सिद्धबाबा सुरूङ मार्ग दुबै तर्फ ८४.१ मिटर छिचोलियो

सिद्धबाबा सुरुङ मार्गको भौतिक प्रगति कार्य ११.४ प्रतिशत सकिएको छ ।  सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल– तानसेन सडक खण्डको सिद्धबाबा मन्दिर नजिकै सुरु बिन्दुमा (दक्षिण तर्फ ४८.३ मिटर र उत्तर तर्फ अन्तिम बिन्दु ड्याम साईड तिरबाट ३५.८ गरी कुल ८४.१ मिटर  सुरुङ बैसाख ३० गते सम्म खनिएको सिद्धबाबा सुरुङमार्ग आयोजनाका प्रमुख राम पुकार जयसवालले बताए ।

सुरूङको कुल लम्बाइ १ किलोमिटर १ सय २६ मिटर रहेको छ । अहिले सुरूङ खन्ने कार्यले गति लिएको छ । यस्तै तरीकाले निर्वाध रुपमा खन्दै जान पाए तोकिएको समय भन्दा अगावै निर्माण सम्पन्न हुनेछ, आयोजना प्रमुख जयसवालले भने । उनका अनुसार भौतिक प्रगति ११.४ र वित्तिय प्रगति १७.५ प्रतिशत रहेको छ ।

सिद्धबाबा सुरूङ मार्ग आयोजनामा अहिले मुख्य सुरूङ खन्ने काम मात्र नभई निकासी सुरूङ (इभाकोयसन टनेल) खन्ने र मुख्य सुरुङको दुवैतर्फको पहाडी भीर लाई बलियो बनाउने (स्लोप प्रोटेक्सन) कार्य समेत एकसाथ (प्यारालल्ली) भैरहेको आयोजनाकी इन्जिनियर एवं सूचना अधिकारी सविता ज्ञवालीले बताइन् ।

इन्जिनियर ज्ञवालीका अनुसार मुख्य सुरुङमार्गमा जोडिने गरी ३ वटा निकासी सुरूङ मार्ग मध्ये पहिलो १५६ मिटर मध्ये २३ मिटर खनिएको छ भने दोश्रो निकासी सुरूङ १६६ मिटर मध्ये १४ मिटर र तेश्रो निकासी सुरूङ १३५ मिटर मध्ये १२ मिटर खनिसकिएको छ । मुख्य सुरूङ मार्गमा केही भए बाहिर निस्कन सजिलो होस भनि ११ सय २६ मिटर लामो सुरुङमार्गकै बिचमा बराबरी दूरी हुने गरी ३ वटा निकासी सुरूङ खनिएको हो ।मुख्य सुरूङ मार्ग बाट निकासी सुरुङको ढोका अहिलेको सडकखण्डमा रहेको छ ।

त्यस्तै पहाडी भीरलाई बलियो बनाउने (स्लोप प्रोटेक्सन) कार्य समेत भैरहेको छ । सिद्धबाबाको चट्टाने भीरमा जाली बिछ्याई सर्ट किट राखी डन्डी (छड) राखे पछि एङ्कर बोल्ड समेत राखी त्यसमा सिमेन्ट मसाला स्प्रे गरी भीरलाई बलियो बनाउने काम भैरहेको छ, ज्ञवालीले भनिन् ।

वर्षामा कुनै बाधा आएन र प्राविधिक समस्या देखिएन भने समयमै निर्माण सम्पन्न हुन्छ, अहिले चिनिँया र नेपाली इन्जिनियर एवं कामदार गरी १५० जनाले २ सिफ्टमा गरी २४ घण्टानै खटिएर काम गरेका छन्, ज्ञवालीले श्रीन्यूज ओके सम्वाददाता सँग कुरा गर्दै भनिन् ।

 

मुख्य सुरूङ मार्गमा अहिले सम्म दुबै तर्फ मेसिनकै प्रयोग गरी खनिदै आएकोमा अहिले त्यहाँ एकदम कडा चट्टान भेटिएकाले बमद्वारा बिष्फोटनै गर्नु पर्ने(ब्लास्टिंग) पाइएपछि त्यसको तयारीमा जुटेका छौ, ब्लास्टिंगका लागि आवश्यक बमबारुदको लागि नेपाली सेना संग समन्वय भैसकेको छ, अबको ८–१० दिनमा ब्लास्टिङ कार्य हुन्छ, इन्जिनियर ज्ञवालीले भनिन् । मेसिन द्धारा काटदा ढिलो हुने भएपछि अहिले जुन रफ्तारमा काम अघि बढेको छ त्यसलाई निरन्तरता दिदै कार्य प्रगति बढाउनका लागि पनि ब्लास्टिङ गर्नै पर्ने भयो, उनले भनिन् ।

बुटवल – तानसेन सडक खण्डको एकदमै जोखिम मानिने सिद्धबाबा क्षेत्र पाल्पाको तिनाउ गाउँपालिका– ३ मा पर्दछ । वि.सं. २०७९ देखि निर्माण थालिए पनि पछिल्लो ८ महिनायता यहा काम तीब्र गतिमा भएको छ । ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको लागतमा बन्ने सुरुङ मार्ग चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको छ ।

न्यूज अोके बाट

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित