कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

उच्च अदालत बार एशोसियशन बुटवलको अध्यक्षमा मरासिनी विजयी

उच्च अदातल बार एशोसियशन बुटवलको अध्यक्षमा गोविन्द्रप्रसाद मरासिनी विजयी भएका छन ।

बुटवलमा सम्पन्न २० औं अधिवेशनबाट दोब्बर भन्दा पनि बढी मत अन्तरले अध्यक्ष पदमा मरासिनी निर्वाचित भएका हुन ।

अध्यक्ष पदमा दुई जना विच प्रतिस्पर्धा थियो ।

अध्यक्ष पदमा निर्वाचित मरासिनीले ८४ मत प्राप्त गरे भने अर्का प्रत्यासी शर्मलाल पन्थीले ४० मत प्राप्त गरेकाे निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता शालिकराम वञ्जाडेले जानकारी दिए ।

उच्च अदालत बार एशोसियशन बुटवलको नेतृत्वको लागि दुई समुह प्रतिस्पर्धामा थियो ।

१३ सदस्यीय कार्यसमितिमा सचिव बाहेक अरु सबै पदमा मरासिनीले नेतृत्व गरेको टिमका उम्मेदवार विजयी भएका हुन् । उपाध्यक्ष पदमा ७६ मत सहित हिमलाल न्यौपाने विजयी भएका छन्। सचिव पदमा भने पन्थ समुहका नागेन्द्रप्रसाद यादव १ मतले विजयी भए ।

यादवले ६२ मत प्राप्त गर्दा मरासिनी समुहका लोकप्रसाद खरेलले ६१ मत प्राप्त गरे । सचिव बाहेक अरु सबै पदमा मरासिनी समुहका उम्मेद्वार विजयी भएका हुन् ।

कोषाध्यक्ष पदमा ८३ मत सहित निरन्जना पौडेल, सहिसचिव पदमा ७६ मत सहित कुसुम अर्याल निर्वाचित भएका छन । त्यस्तै सदस्य पदमा रविराज आचार्य, राजन नेपाल, शालिकराम तिवारी, चतुर्भुज पन्थ, यमुना गुरुङ, बाबुराम न्यौपाने, कृष्णप्रसाद बस्याल र कमलराज बस्याल निर्वाचित भएका छन् ।

केन्द्रीय पार्षद पदमा पनि मरासिनी समुहकै उम्मेद्वार विजयी भएका छन् । केन्द्रीय पार्षदमा शारदाकुमारी पौडेल नेपाल, दीपक कार्की, प्रकाशकुमार नेपाल, प्रदिप शेरचन, शान्ता पौडेल, हेमा न्यौपाने र कमलप्रसाद भट्टराई निर्वाचित भएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित