दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

निर्वाचनपछि पनि देशले कुनै न कुनै गठबन्धन माग गर्छः भुसाल

 बुटवल । बामपन्थी नेता तथा स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले चुनावपछि पनि देशले गठबन्धन माग गर्ने दावी गरेका छन ।
रुपन्देहीको तिलोत्तमा ९ स्थित गौतमबुद्ध प्राविमा मतदान गरेपछि प्रतिक्रिया दिँदै नेता भुसालले कुनै न कुनै प्रकारको गठबन्धन बन्ने निश्चित जस्तै रहेको बताए ।
अब बन्ने गठबन्धनले ‘कमन मिनिमम प्रोग्राम’ बनाउनुपर्ने बताए ।
‘घोषणापत्रको जस्तो होइन डिटेल प्रोग्राम गरे भने हाम्रो व्यवस्थाको अभ्यास अझै राम्रो जान्छ । त्यो एकदमै जरुरी पनि छ । म चाही त्यो पार्टीहरुले गरुन भन्ने चाहन्छु ।’ भुसालले भने । देशमा केही राजनीतिक अस्थिरताहरु आए पनि अहिले लिकमा आएको बताउँदै भुसालले संविधान र संविधानका अभ्यासहरु स्मूथ हुन थालेको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासको दोस्रो निर्वाचनले हामीले अझ बलियो बनाउने बताए ।
भुसाल एमाले परित्याग गरी रुपन्देही १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन । उनलाई सत्तारुढ गठबन्धनले सघाएको छ । उनीसँग एमाले सचिव छविलाल विश्वकर्मा प्रतिष्पर्धी छन ।
Seen by Prakash Acharya at 09:05

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित