रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

साधना महिला विद्यालयको १८ औं वार्षिकउत्सव तथा अभिभावक दिवस सम्पन्न (तस्विरहरु)

बुटवल । ‘शिक्षालाई उमेरले छेक्दैन, अधुरो शिक्षा पूरा गरौं’ भन्ने नाराका साथ वि.स. २०६३ मा स्थापना भएको साधना महिला विद्यालय, बुटवलले शुक्रबार आफ्नो १८ औं वार्षिकउत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयका अध्यक्ष मोतिलाल जैसीको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।


सो अवसरमा बोल्दै नगरप्रमुख पाण्डेयले विद्यालयको लागि आवश्यक पर्ने सहयोगको लागि आफू साथमा रहेको प्रतिबद्धता जनाए । शिक्षाको पहुँचबाट टाढा भएका महिलाहरुलाई बढ्दो उमेरमा समेत अक्षर चिनाएर समाज रुपान्तरणको अभियानमा विद्यालय लागेको भन्दै मेयर पाण्डेयले विद्यालयको भौतिक विकासका लागि उपमहानगरपालिकाले सहयोग गर्ने बताए । शिक्षाबाट कोही पनि बञ्चित हुन नहुने मेयर पाण्डेयको भनाइ छ ।

सो अवसरमा बोल्दै विद्यालयका प्राधानाध्यापक विष्णु कुमारी गौतमले अपुरो शिक्षा पूरा गर्नको लागि विद्यालय कोशेढुंगा बनेको बताइन् । २७ जना विद्यार्थीबाट सुरू भएको विद्यालयमा अहिले २ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयका संस्था, सहयोगदाताहरुको जोडबल र सहयोगले विद्यालय यो स्थानसम्म आइपुगेको प्रअ गौतमको भनाइ छ । विद्यालयबाट अहिलेसम्म २ हजार ८५० जनाले शिक्षा हासिल गरेको विद्यालयको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा बुटवल वडा नम्बर ६ का वडा अध्यक्ष लोकनाथ न्यौपाने, अक्षयकोषदाता वामदेव क्षेत्री, पूर्व विद्यार्थी देवु भट्टराई लगायतले बोल्दै विद्यालयलाई अझै पनि सबैले सहयोगका हातहरु फैलाउन आवश्यक रहेको बताए । विद्यालयका सह प्राचार्य तेजकुमारी लुइटेलको स्वागत तथा शिक्षक विष्णु केसीको सञ्चालनका कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षक र विद्यार्थीहरुले विभिन्न नृत्य समेत प्रस्तुत गरेका थिए । विद्यालयका अहिले आफ्नै भवन छ । दर्जन शिक्षक÷कर्मचारी विद्यालयमा कार्यरत रहेका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित