निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

साधना महिला विद्यालयको १८ औं वार्षिकउत्सव तथा अभिभावक दिवस सम्पन्न (तस्विरहरु)

बुटवल । ‘शिक्षालाई उमेरले छेक्दैन, अधुरो शिक्षा पूरा गरौं’ भन्ने नाराका साथ वि.स. २०६३ मा स्थापना भएको साधना महिला विद्यालय, बुटवलले शुक्रबार आफ्नो १८ औं वार्षिकउत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयका अध्यक्ष मोतिलाल जैसीको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।


सो अवसरमा बोल्दै नगरप्रमुख पाण्डेयले विद्यालयको लागि आवश्यक पर्ने सहयोगको लागि आफू साथमा रहेको प्रतिबद्धता जनाए । शिक्षाको पहुँचबाट टाढा भएका महिलाहरुलाई बढ्दो उमेरमा समेत अक्षर चिनाएर समाज रुपान्तरणको अभियानमा विद्यालय लागेको भन्दै मेयर पाण्डेयले विद्यालयको भौतिक विकासका लागि उपमहानगरपालिकाले सहयोग गर्ने बताए । शिक्षाबाट कोही पनि बञ्चित हुन नहुने मेयर पाण्डेयको भनाइ छ ।

सो अवसरमा बोल्दै विद्यालयका प्राधानाध्यापक विष्णु कुमारी गौतमले अपुरो शिक्षा पूरा गर्नको लागि विद्यालय कोशेढुंगा बनेको बताइन् । २७ जना विद्यार्थीबाट सुरू भएको विद्यालयमा अहिले २ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयका संस्था, सहयोगदाताहरुको जोडबल र सहयोगले विद्यालय यो स्थानसम्म आइपुगेको प्रअ गौतमको भनाइ छ । विद्यालयबाट अहिलेसम्म २ हजार ८५० जनाले शिक्षा हासिल गरेको विद्यालयको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा बुटवल वडा नम्बर ६ का वडा अध्यक्ष लोकनाथ न्यौपाने, अक्षयकोषदाता वामदेव क्षेत्री, पूर्व विद्यार्थी देवु भट्टराई लगायतले बोल्दै विद्यालयलाई अझै पनि सबैले सहयोगका हातहरु फैलाउन आवश्यक रहेको बताए । विद्यालयका सह प्राचार्य तेजकुमारी लुइटेलको स्वागत तथा शिक्षक विष्णु केसीको सञ्चालनका कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षक र विद्यार्थीहरुले विभिन्न नृत्य समेत प्रस्तुत गरेका थिए । विद्यालयका अहिले आफ्नै भवन छ । दर्जन शिक्षक÷कर्मचारी विद्यालयमा कार्यरत रहेका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित