रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

यूएईको वर्षामा परेर दाङकी लीला २२ दिनदेखि सम्पर्कविहीन

यूएईमा भएको भारी वर्षामा परेर एक नेपाली महिला करिब एक महिनादेखि सम्पर्कविहीन छिन् । वैशाख ४ गतेदेखि यूएईका भएको भारी वर्षामा परेर दाङ तुलसीपुरउपमहानगरपालिका–१, भमकेकी लीला पाण्डे २२ दिनदेखि परिवारको सम्पर्कमा नआएकी हुन् ।

यूएईमा भारी वर्षा भएको दिन ड्युटीबाट राति कोठा फर्केने क्रममा भारी वर्षापछि आएको भेलबाढीमा परेर उनी सम्पर्कविहीन भएकी थिइन् । पारिवारका सदस्यका अनुसार वैदेशिक रोजगारीका लागि ०७८ माघमा उनी यूएई गएकी थिइन् । दुबईको आजमन रौदामा बस्दै आएकी उनी त्यहाँको एक विद्यालयमा काम गर्थिन् ।

पाण्डेका छोरी ज्वाइँ विराटविक्रम शाहका अनुसार वैशाख ४ गते कामबाट फर्किने क्रममा भारी वर्षाले भएको ट्राफिक जाममा परेकी थिइन् । ‘हामीले बुझ्दा वर्षाका कारण सडक जाम भएको र त्यही बेलादेखि हराएको भन्ने खबर पाएका छौं’, शाहले अनलाइनखबरसँग भने, ‘खोजतलासी गरे पनि अलिहेसम्म कुनै पत्तो लागेको छैन ।’

पाण्डेसँग भएका सहकर्मीहरुले पनि उनी वैशाख ४ गतेबाटै आफूहरुको सम्पर्कमा नरहेको जानकारी दिएको ज्वाइँ शाहले बताए । उनले घटनाबारे यूएईस्थित नेपाली दूतावासलाई जानकारी गराइसककेको तर कुनै खबर नआएको बताए । पाण्डेका ४ जना छोरी छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित