तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

यूएईको वर्षामा परेर दाङकी लीला २२ दिनदेखि सम्पर्कविहीन

यूएईमा भएको भारी वर्षामा परेर एक नेपाली महिला करिब एक महिनादेखि सम्पर्कविहीन छिन् । वैशाख ४ गतेदेखि यूएईका भएको भारी वर्षामा परेर दाङ तुलसीपुरउपमहानगरपालिका–१, भमकेकी लीला पाण्डे २२ दिनदेखि परिवारको सम्पर्कमा नआएकी हुन् ।

यूएईमा भारी वर्षा भएको दिन ड्युटीबाट राति कोठा फर्केने क्रममा भारी वर्षापछि आएको भेलबाढीमा परेर उनी सम्पर्कविहीन भएकी थिइन् । पारिवारका सदस्यका अनुसार वैदेशिक रोजगारीका लागि ०७८ माघमा उनी यूएई गएकी थिइन् । दुबईको आजमन रौदामा बस्दै आएकी उनी त्यहाँको एक विद्यालयमा काम गर्थिन् ।

पाण्डेका छोरी ज्वाइँ विराटविक्रम शाहका अनुसार वैशाख ४ गते कामबाट फर्किने क्रममा भारी वर्षाले भएको ट्राफिक जाममा परेकी थिइन् । ‘हामीले बुझ्दा वर्षाका कारण सडक जाम भएको र त्यही बेलादेखि हराएको भन्ने खबर पाएका छौं’, शाहले अनलाइनखबरसँग भने, ‘खोजतलासी गरे पनि अलिहेसम्म कुनै पत्तो लागेको छैन ।’

पाण्डेसँग भएका सहकर्मीहरुले पनि उनी वैशाख ४ गतेबाटै आफूहरुको सम्पर्कमा नरहेको जानकारी दिएको ज्वाइँ शाहले बताए । उनले घटनाबारे यूएईस्थित नेपाली दूतावासलाई जानकारी गराइसककेको तर कुनै खबर नआएको बताए । पाण्डेका ४ जना छोरी छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित