लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

गुल्मीमा माटोको ढिस्कोले पुरिँदा एक पुरुषको मृत्यु, महिला घाइते

गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक पुरुषको मृत्यु भएको छ। घटनामा अर्की एक महिला घाइते भएकी छन्।

रेसुङ्गा नगरपालिका १४ पराल्मी चौराहाका ५५ वर्षीय बिष्णु रानाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

शनिबार घर लिप्ने माटो खन्नेक्रममा माथिबाट खसेको ढिस्कोले पुरिँदा उनी गम्भीर घाइते भएका थिए।

स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।

ढिस्कोले पुरिएर सोही स्थानका ५४ वर्षीय हुमकला राना घाइते भएकी छन्। जिल्ला अस्पताल तम्घासमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो स्थानीय ६ जना एउटै समूहमा घर लिप्ने माटो खन्न गएका थिए। अन्य चार जना भने सकुशल छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित