रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

गुल्मीमा माटोको ढिस्कोले पुरिँदा एक पुरुषको मृत्यु, महिला घाइते

गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक पुरुषको मृत्यु भएको छ। घटनामा अर्की एक महिला घाइते भएकी छन्।

रेसुङ्गा नगरपालिका १४ पराल्मी चौराहाका ५५ वर्षीय बिष्णु रानाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

शनिबार घर लिप्ने माटो खन्नेक्रममा माथिबाट खसेको ढिस्कोले पुरिँदा उनी गम्भीर घाइते भएका थिए।

स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।

ढिस्कोले पुरिएर सोही स्थानका ५४ वर्षीय हुमकला राना घाइते भएकी छन्। जिल्ला अस्पताल तम्घासमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो स्थानीय ६ जना एउटै समूहमा घर लिप्ने माटो खन्न गएका थिए। अन्य चार जना भने सकुशल छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित