तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रोट्रयाक्ट डिष्ट्रिकद्धारा चितवनमा डिष्ट्रिक सेमिनार सम्पन्न

रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपालले चितवनमा डिष्ट्रिक सेमिनार सम्पन्न गरेको छ । सेमिनार रोटयाक्ट डिष्ट्रका डिआरआर रोशन कार्किको अध्यक्षयता तथा रोटरि डिष्ट्रिक २०२४/२५ का डिजि राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सेमिनारले रोटयाक्ट डिष्ट्रकले आगामि बर्ष गर्ने कामको बारेमा समिक्षा गर्दै बाषिक कार्ययोजनानिमार्ण गर्दै सम्पन्न भएकोे रोटयाक्ट डिष्ट्रिक डिआरआर इलेक्ट बिक्रम क्षेत्रीले बताए । उनले दुई दिन सम्म चलेको सेमिनारमा करिब ६० जना डिष्ट्रीक मेम्बहरुको सहभागितामा सम्पन्न भएको बताए । सेमिनारले बिगत बर्षमा भन्दा अब आउने बर्षमा युवा मैत्रि कार्यक्रमाहरु सन्चालन गर्ने गरि कार्य योजना निमार्ण गरेको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरि डिष्ट्रक २०२४/२५ का डिष्ट्रिक गर्भनर राजेन्द्र मान शेरचनले रोट्रयाक्ट डिष्ट्रिकले बिगत देखि गरेका कामहरको प्रसंसा गरे । डिष्ट्रिकले अव नया कार्ययोजना बनाउदा बिगतका बर्ष भन्दा फरक र पृथक खालका कार्यक्रमहरु सन्चालन गनुपर्ने बताए । धेरै जसो युवाहरु रोजगारिको लागि बिदेश जानु पर्ने बाध्यता आएको हुदा स्वदेश मै रोजगारि सिर्जना गर्ने खालका बिभिन्न सिप मुलक तालिमहरु सन्चालन गनुपर्ने बताए । यसको लागि रोटरि डिष्टीकले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै रोटरियन राजन पिया ले रोट्रयाक्ट डिष्ट्रिकले बिगत देखि नै निकै राम्रो र महत्वपूर्ण कार्यक्रमहरु सन्चालन गर्दै आएकोमा धन्यवाद व्यक्त गरे । आगामि दिनमा रोट्रयाक्ट अभियानमा रोटरिको निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

सेमिनारमा सौगात गौतम,सुरज पौडेल,नानि काजि खडका, बिक्रम क्षेत्रि, दिनेश गैरे,माधव पराजुली,अनुप पाण्डे,सुविन खडका लगायतले सहजीकरण गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित