प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते                
समाचार :

गुल्मीको चन्द्रकोट गाउँपालिकाले ‘स्त्री जाति’का पशुचौपाया ओसारपसारमा रोक लगायो

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले स्त्री जातिका पशुचौपाया ओसारपसार रोक लगाएको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै स्त्री जातिका पशु चौपायाहरु बिक्री वितरण तथा ओसारपसार नगर्न/नगराउन अनुरोध गरेको हो ।

गाउँपालिकाले कृषि, पशुपालन तथा दूग्ध उत्पादनलाई व्यावसायिक र व्यवसायिक बनाउने गरी कार्यक्रम चलाइरहेको तर, स्त्री प्रजातिका पशुचौपाया अन्यत्रै निकासी भइरहेको भन्दै बिक्रीवितरणसहित ओसारपसारमा रोक लगाउनुपरेको दाबी गरेको छ ।

‘पछिल्लो समयमा पालिका क्षेत्र भित्रबाट विभिन्न कृषकहरुद्वारा पालिएका पशुचौपायाहरु मध्ये स्त्री जातिका पशु चौपाया (विशेष गरी भैंसी) हरुको अवैध रुपमा ओसार भइरहेको र मासुजन्य कार्यका लागि यातायातका विभिन्न साधनहरुबाट समेत अन्यत्र निकासी भरहेको’, सूचनामा भनिएको छ, ‘यसको नियन्त्रण र नियमनका लागि पालिकाको अर्को व्यवस्था लागु नहुन्जेल यस किसिमका पशु चौपायाहरु विक्री वितरण तथा ओसारपसार नगर्नु नगराउनुहुन अनुरोध छ ।’

गाउँपालिकाभित्रै पनि पशुचौपाया बिक्रिवितरण गर्नुपरेमा अनुमति लिन र नलिएमा कारबाही गरिनेसमेत पालिकाले चेतावनी दिएको छ ।

‘पालिकाभित्र यस किसिमका कार्यहरु गर्नु परेमा अर्थात भैसी जातका चौपायाहरु विक्रि वितरण गर्नुपर्ने भएमा वा पालिकाबाट अन्यत्र लैजानुपर्ने भएमा खरिदकर्ता र विकेता विचको चौपाया पाल्ने प्रयोजनका लागि खरिद विकि भएको व्यहोरा खुल्ने कागजात पेश गरी गर्न अनुरोध गर्दछौं’, सूचनामा भनिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित