तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

गुल्मीको चन्द्रकोट गाउँपालिकाले ‘स्त्री जाति’का पशुचौपाया ओसारपसारमा रोक लगायो

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले स्त्री जातिका पशुचौपाया ओसारपसार रोक लगाएको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै स्त्री जातिका पशु चौपायाहरु बिक्री वितरण तथा ओसारपसार नगर्न/नगराउन अनुरोध गरेको हो ।

गाउँपालिकाले कृषि, पशुपालन तथा दूग्ध उत्पादनलाई व्यावसायिक र व्यवसायिक बनाउने गरी कार्यक्रम चलाइरहेको तर, स्त्री प्रजातिका पशुचौपाया अन्यत्रै निकासी भइरहेको भन्दै बिक्रीवितरणसहित ओसारपसारमा रोक लगाउनुपरेको दाबी गरेको छ ।

‘पछिल्लो समयमा पालिका क्षेत्र भित्रबाट विभिन्न कृषकहरुद्वारा पालिएका पशुचौपायाहरु मध्ये स्त्री जातिका पशु चौपाया (विशेष गरी भैंसी) हरुको अवैध रुपमा ओसार भइरहेको र मासुजन्य कार्यका लागि यातायातका विभिन्न साधनहरुबाट समेत अन्यत्र निकासी भरहेको’, सूचनामा भनिएको छ, ‘यसको नियन्त्रण र नियमनका लागि पालिकाको अर्को व्यवस्था लागु नहुन्जेल यस किसिमका पशु चौपायाहरु विक्री वितरण तथा ओसारपसार नगर्नु नगराउनुहुन अनुरोध छ ।’

गाउँपालिकाभित्रै पनि पशुचौपाया बिक्रिवितरण गर्नुपरेमा अनुमति लिन र नलिएमा कारबाही गरिनेसमेत पालिकाले चेतावनी दिएको छ ।

‘पालिकाभित्र यस किसिमका कार्यहरु गर्नु परेमा अर्थात भैसी जातका चौपायाहरु विक्रि वितरण गर्नुपर्ने भएमा वा पालिकाबाट अन्यत्र लैजानुपर्ने भएमा खरिदकर्ता र विकेता विचको चौपाया पाल्ने प्रयोजनका लागि खरिद विकि भएको व्यहोरा खुल्ने कागजात पेश गरी गर्न अनुरोध गर्दछौं’, सूचनामा भनिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित