लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ संचालनमा

लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ संचालन आएको छ ।

इ–ड्राइभ लुम्बिनी नेपाल र इ–ड्राइभ नेपालको सहकार्यमा बुधबारदेखि राइड शेयरिङ एप संचालनमा ल्याइएको हो । कुनै पनि यात्रुले इ–ड्राइभ नेपालको एप मार्फत् अनलाइनबाट आफूलाई आवश्यक सवारी साधनको बुक गरि गन्तब्यमा पुग्न सक्नेछन् । यो सुबिधा काठमाडौं उपत्याकामा रहे पनि लुम्बिनीमा भने पहिलोपटक हो । यसले सर्वसाधरणलाई जुसुकै बेला गन्तव्यमा पुग्न सहज हुनेछ ।

इ–ड्राइभ लुम्बिनी प्रालि र इ–ड्राइभ नेपाल प्रालिले पहिलोपटक लुम्बिनी प्रदेशमा राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ संचालनमा ल्याएका हुन् ।

इ–ड्राइभ नेपाल प्रालिले बिगत ६ महिनादेखि काठमाडौं उपत्याकामा राइड सेयरिङ सेवा उपलब्ध गराउँदै आएको छ । उक्त सेवा विस्तार गरी भैरहवा–बुटवल लगायत वरिपरिका क्षेत्रमा सेवा संचालन सुरु गरिएको हो । कुनै गन्तव्यमा जानु परेमा सर्वसाधरणले इ–ड्राइभको एपमार्फत् सवारीसाधन बुक गरी तोकिएको शुल्क तिरेर गन्तव्यमा पुग्न सक्नेछन् ।

बुधबारदेखि संचालनमा ल्याइएको उक्त सेवाले सवारीसाधन बिहीन यात्रुलाई जुनसुकै बेला सेवा लिन सहज हुने विश्वास गरिएको छ । पहिलो चरणमा कार, मोटरसाइकल, स्कुटर जस्ता सवारी संचालनमा ल्याइएको हो ।

निकट भबिष्यमैं बिद्युतीय टेम्पो र एम्बुलेन्स पनि संचालन गर्ने योजना प्रालिको छ । इ–ड्राइभमा आबद्ध सवारी प्रयोग गर्दा यात्रुको जोमिखलाई हेरेर बीमा गरिएको छ भने सुरक्षालाई दृष्टिगत गरी मनिटरिङको व्यवस्था मिलाइएको इ–ड्राइभ नेपाल प्रालि लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुप्ताले बताए ।

खासगरी स्थानीय युवालाई आफ्नै ठाउँमा रोजगारीको अवसर दिने, इलेक्ट्रिक सेवाको उच्चतम प्रयोग गर्दै इन्धनका लागि बिदेशिने ठूलो धनराशी जोगाउनु र बातावरणको संरक्षण गर्नु पनि इ–ड्राइभ नेपाल उद्देश्य रहेको संचालकले जनाएका छन् । यसका लागि बढीभन्दा बढी इलेक्ट्रिक सवारी प्रयोग हुने जनाइएको छ ।

कम्पनीले पहिलो चरणमा ५ वटा आफ्नै विद्युतीय सवारी संचालनमा ल्याएको छ । यस्तै, एक हजार बढी मोटरसाइकल र स्कुटर तथा सयौं साना सवारी चालक युवाहरु आबद्ध भएका छन् । बुधबार इ–ड्राइभको सेवा शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रविधिको प्रयोग अहिलेको मुख्य आवश्यकता भएको बताए । उनले स्वदेशमै केही गरौं भन्नेहरुलाई थुप्रै अवसर रहेको सुनाउँदै त्यस्ता युवा तथा उद्यमीलाई प्रदेश सरकारले सधै सहयोग गर्दै जाने जनाए । यस्तै, सरोकारवालाले केही गर्न चाहनेलाई स्वदेशमै धेरै सम्भावना रहेको बताए ।

यात्रुको सुरक्षाका लागि नेभिगेशन प्रणाली प्रयोग गरिएकाले कुन सवारी साधन कहाँ छ भन्ने सजिलै पत्ता लगाउन र खोज्न सकिने भएकाले इ–ड्राइभ नेपालमा दर्ता भएका सवारी प्रयोग गर्दा यात्रु पूर्ण रुपमा सुरक्षित रहने कम्पनीको दावी छ ।

यात्रुले प्रयोग गरेको सवारी साधनको सम्पूर्ण नियन्त्रण कम्पनीसँग हुने भएकाले सेवाग्राहीलाई थप ढुक्क बनाउने छ । इ–ड्राइभ सुविधा लिने चालक र सेवाग्राही दुवैको ७ लाख बराबरको बीमा र ७० हजार बराबर उपचार खर्चको व्यवस्था गरिएको छ । १० जना युवाहरुको पहलमा पहिलोपटक लुम्बिनी उक्त सेवा सुरु गरिएको हो । यसले सयौं युवालाई स्वरोजगार बन्न टेवा पुर्याउने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित