लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

श्रमीक र व्यवस्थापन पक्षको सम्बन्ध नङ र मासुको हुनु पर्नेमा सरोकारवालाको जोड

  • हिमत आचार्यको अध्यक्षतामा नयां नेतृत्व चयन
  • बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितीमा कार्यरत स्वतन्त्र कर्मचारी युनियनको १० औ वार्षिक साधारण सभा तथा ७ औ अधिबेशनमा वोल्नेहरुले श्रमीक र व्यवस्थापन पक्षको सम्बन्ध नङ र मासुको हुनु पर्नेमा जोड दिएका छन ।

    कुनै पनि संघ संस्थालाई सफल बनाउने हात भनेको कर्मचारीको हुने भएकाले हरेक संघ संस्थाका संचालकहरुले कर्मचारीलाई खुशी वनाउन आबश्यक रहेको पनि सो अवसरमा औल्याईएको थियो । कार्यक्रममा पश्चिमाञ्चल यातायात व्यवसायी समितीका अध्यक्ष टीकाराम गौतमले विगत देखि नै संस्थाले कर्मचारी संगको सम्बन्ध सुमधुर रहदै आएको र आगामी दिनमा पनि त्यसलाई थप प्रगाढ बनाउदै लैजाने धारणा राखे ।

    श्रम कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाद खनालले श्रमीक र व्यवस्थापन पक्ष मिलेर अघी बढेमा हरेक व्यवसायीक प्रतिष्ठान सफल हुने बताए ।

    कर्मचारीको भूमिकालाई उच्च सम्मानका साथ प्राथमिकता दिन सुझाव दिए । पश्चिमाञ्चल यातायात व्यवसायी समितीका निर्वतमान अध्यक्ष यम प्रसाद पाण्डेले कर्मचारीहरुनै संघ संस्थाको पिल्लर भएकाले उनिहरुलाई नीजामती कर्मचारी सरह सेवा सुविधा दिदै आएको बताए ।

    पश्चिमाञ्चल यातायात व्यवसायी समितीका वरिष्ठ उपाध्यक्ष कमल घिमिरे, महासचिव खिम बहादुर थापाले संचालकहरु फेरीदै जाने र कर्मचारी भनेका स्थायी हुने भएकाले कर्मचारीको भूमिका महत्व पूर्ण हुने बताए ।

    व्यवस्थापन पक्ष र कर्मचारी बीचको सम्बन्ध नङ र माुसको रहनु पर्नेमा जोडदिए। कार्यक्रममा पश्चिमाञ्चल यातायात व्यवसायी समितीका कार्यालय प्रमुख बाबुराम अधिकारी र स्वतन्त्र कर्मचारी युनियनका पूर्व अध्यक्ष प्रकाश गैरले कर्मचारी र व्यवस्थापन पक्ष बीचको सम्बन्धलाई थप प्रगाढ बनाउदै समितीको विधी विधान र नीति नियमलाई आत्म साथ गरेर अगाडी बढदा कसैलाई पनि समस्या नहुने बताएका थिए ।

    कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । अधिबेशनवाट हिमत आचार्यको अध्यक्षतामा नयां नेतृत्व चयन भएको छ ।

    समितीको प्रथम उपाध्यक्षमा राम प्रसाद गौतम, द्धीतृय उपाध्यक्षमा राम थापा, सचिवमा भूमिमाया राना, सह सचिवमा पदम पाण्डे र कोषाध्यक्षमा विबश वस्याल चयन भएको निर्वाचन समितीका संयोजक प्रकाश गैरेले बताए ।

    त्यस्तै सदस्यमा क्षेत्र बहादुर गुरुङ, विष्णुमाया भुसाल, अनिल श्रेष्ठ, गोपाल चापागाई, र चित्र बहादुर थापा चयन भएका छन् ।

     

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित