रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

घामबाट बिजुली

रूपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामचोकबाट पश्चिमतर्फ सडकछेउमै लस्करै देखिन्छन् सोलारका पाताहरू। मणिग्रामबाट पश्चिम जाँदा खेतैभरि राखिएका सोलार देखेपछि आश्चर्य मात्रै मान्दैनन्, यो किन र केका लागि भन्ने प्रश्न पनि उठ्न सक्छ। यसरी राखिएको हजारौँ सोलार भने सौर्य ऊर्जा विद्युत् आयोजनाको हो। यहाँबाट उत्पादित सोलार बिजुली राष्ट्रिय प्रसारणमा जडान गरिएको छ।

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सौर्य ऊर्जा नेपाल विद्युत् प्राधिकरणमार्फत वितरण भइरहेको छ। बिजुली २०७७ साल कात्तिकदेखि उत्पादन थालिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो निजी क्षेत्रबाट सञ्चालित देशकै ठूलो ग्रिड कनेक्टेड सोलार पावर आयोजना हो।

कम्पनीले ८.५ मेगावाटको ग्रिड कनेक्टेड बुटवल सोलार पावर प्रोजेक्टको काम सम्पन्न गरी व्यावसायिक उत्पादन थालेको छ। तिलोत्तमा नगरपालिका-६ मा २६ बिघा जग्गामा ३ सय ३० वाट क्षमताका ३२ हजार १ सय ६० सोलार पाताबाट विगत तीन वर्षदेखि बिजुली उत्पादन भइरहेको छ। उक्त जग्गा शान्ति नमुना माविसँग भाडामा लिइएको हो।

सोलार पाताबाट उत्पादित डीसी ऊर्जालाई एसीमा कन्भर्ट गर्न ८ सय ५० किलोवाट क्षमताका १० वटा इन्भर्टर जडान गरिएको छ। इन्भर्टरबाट आएको बिजुलीलाई ८.५ एमबीएको ट्रान्सफर्मरले ६९० भोल्टमार्फत ३३ केभीमा अपग्रेड गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको कम्पनीले जनाएको छ। उत्पादित बिजुली ७.४ किलोमिटरको दुरीमा रहेको अमुवा सबस्टेसनबाट वितरण भइरहेको छ।

आयोजनाले ३३ केभीको ट्रान्समिसन लाइन निर्माण गरी राष्ट्रिय ग्रिडमा बिजुली जडान गरेको छ। हालसम्म ४ करोड ५२ लाख २१ हजार किलोवाट बिजुली उत्पादन भएको प्लान्ट इन्चार्ज सइद सजुरुद्धिनले बताए। उनका अनुसार जाडोयाममा उत्पादन कम भए पनि अन्य बेलामा पूर्ण क्षमताअनुसार उत्पादन भई वितरण गरिएको छ।

प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३० पैसाका दरले खरिद गर्ने गरी २५ वर्षका लागि खरिद सम्झौता (पीपीए) गरेको छ। वार्षिक १ करोड ४५ लाख युनिट बिजुली आपूर्तिको ग्यारेन्टीसहित प्राधिकरणसँग सम्झौता गरिएको हो। यो प्लान्टले दैनिक करिब ८/९ घण्टा बिजुली उत्पादन गरिरहेको प्लान्ट अपरेटर खुमप्रसाद बस्यालले जानकारी दिए। उनले भने, ‘ब्याट्री नराखिएकाले घाम लागेको बेलामा मात्रै सोलार प्लान्टबाट बिजुली उत्पादन हुन्छ।’

सरकारको राष्ट्रिय ऊर्जा संकट निवारण तथा बिजुली विकास दशकसम्बन्धी अवधारणापत्र र कार्ययोजना २०७२ को ऊर्जा मिश्रणको नीतिअनुरुप २०७३ जेठमा टेन्डर आह्वान गरेको थियो।

६३ मेगावाट क्षमताका आयोजनाका लागि गरिएको बोलपत्रमा ६१ मेगावाट बराबरका १८ वटा आयोजना अघि बढेको थियो। जसमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बुटवल ग्रिड जडित सौर्य बिजुली आयोजनाको टेन्डर हात पारेको थियो। अहिले तिलोत्तमामा ३२ हजार सोलारमुनि बाख्रापालनसमेत गरिएको छ।

तराईको समथर भूभागमा सोलारका पाताले नियमित रुपमा बिजुली उत्पादन भइरहँदा स्थानीयलाई रोजगारीसमेत मिलेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित