तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनीमा पर्यटक संख्या बढ्यो

लुम्बिनी  ।
गत वर्ष कोभिड १९ कारण सुनसान रहेको लुम्बिनीमा यो वर्ष सिजन शुरु भएसँगै पर्यटकको आवागमन बढ्न थालेको छ । अंग्रेजी अक्टोबर महिनासँगै स्वदेशी तथा विदेशी पर्यटकहरुहरुको आवागमन बृद्धि हुन थालेको हो ।
गतवर्षको तुलनामा यो बर्षको अक्टोबर महिनासम्म ११६ प्रतिशत पर्यटक बृद्धि भएको लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राईले जानकारी दिए ।
सन् २०२१ को अक्टोबर महिनासम्म आन्तरीक र बाह्य गरि २ लाख ८९ हजार ६ सय ९५ जनाले लुम्बिनी भ्रमण गरेकोमा २०२२ मा भने संख्या बृद्धि भई ६ लाख २६ हजार ४ सय ५२ पुगेको कोषले जनाएको छ । जनसम्पर्क प्रमुख राईका अनुसार गत वर्ष अक्टोबरसम्म राहदानी वाहक पर्यटक ६ सय ५ जनाले लुम्बिनी भ्रमण गरेकोेमा २०२२ मा १३ हजार १ सय ६६ जना पुगेका छन्।
त्यस्तै गतबर्ष १८ हजार ६६८ जना भारतीय पर्यटक आएकोमा यो वर्ष त्यो संख्या बृद्धि भई १ लाख ४९ हजार ६०९ जना पुगेको छ । अघिल्लो वर्ष कोरोना महामारीले लुम्बिनी भ्रमण गर्ने पर्यटक न्यून हुनु स्वभाविक भएको प्रमुख राईले बताए । तर, यो वर्ष भने कोभिड जोखिम कम हुँदै गएपछि विदेशी पर्यटक समेत लुम्बिनी आउनेक्रम क्रमश बृद्धि हुन थालेको छ । लुम्बिनीमा विदेशी भन्दा नेपाली अर्थात आन्तरीक पर्यटकको प्रमुख गन्तव्य स्थल पनि हो ।
गत वर्ष कोभिड महामारीमा पनि २ लाख ७० हजार ४२२ जना नेपाली पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए ।  यो वर्ष अक्टोबर महिनासम्म झन्डै दोब्बर ४ लाख ६३ हजार ६७७ जनाले भ्रमण गरेको लुम्बिनी विकास कोषको तथ्यांकमा उल्लेख छ।
कार्तिक अन्तिमसातादेखि विभिन्न विद्यालय, कलेजका विद्यार्थीहरुको अध्ययन अवलोकन भ्रमण टोलीको बाक्लो उपस्थिती हुन थालेको छ । त्यसका साथै भारत उत्तर प्रदेशका विभिन्न विद्यालय र कलेजबाट समेत लुम्बिनीमा भ्रमणमा आउनेहरु बृद्धि भएका छन ।
पर्यटकहरुलाई मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी कुण्ड, स्वदेशी तथा विदेशी बिहार, विश्व शान्ति दीपको अवलोकन तथा केन्द्रीय नहरमा डुङ्गा यात्राले आर्कषित गरेको छ ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै बुद्ध सर्किटसँग जोडिएको तिरौलाकोट, देवदह र रामग्राम क्षेत्रको समेत अवलोकन गर्न सकिनेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित