निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

लुम्बिनीमा पर्यटक संख्या बढ्यो

लुम्बिनी  ।
गत वर्ष कोभिड १९ कारण सुनसान रहेको लुम्बिनीमा यो वर्ष सिजन शुरु भएसँगै पर्यटकको आवागमन बढ्न थालेको छ । अंग्रेजी अक्टोबर महिनासँगै स्वदेशी तथा विदेशी पर्यटकहरुहरुको आवागमन बृद्धि हुन थालेको हो ।
गतवर्षको तुलनामा यो बर्षको अक्टोबर महिनासम्म ११६ प्रतिशत पर्यटक बृद्धि भएको लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राईले जानकारी दिए ।
सन् २०२१ को अक्टोबर महिनासम्म आन्तरीक र बाह्य गरि २ लाख ८९ हजार ६ सय ९५ जनाले लुम्बिनी भ्रमण गरेकोमा २०२२ मा भने संख्या बृद्धि भई ६ लाख २६ हजार ४ सय ५२ पुगेको कोषले जनाएको छ । जनसम्पर्क प्रमुख राईका अनुसार गत वर्ष अक्टोबरसम्म राहदानी वाहक पर्यटक ६ सय ५ जनाले लुम्बिनी भ्रमण गरेकोेमा २०२२ मा १३ हजार १ सय ६६ जना पुगेका छन्।
त्यस्तै गतबर्ष १८ हजार ६६८ जना भारतीय पर्यटक आएकोमा यो वर्ष त्यो संख्या बृद्धि भई १ लाख ४९ हजार ६०९ जना पुगेको छ । अघिल्लो वर्ष कोरोना महामारीले लुम्बिनी भ्रमण गर्ने पर्यटक न्यून हुनु स्वभाविक भएको प्रमुख राईले बताए । तर, यो वर्ष भने कोभिड जोखिम कम हुँदै गएपछि विदेशी पर्यटक समेत लुम्बिनी आउनेक्रम क्रमश बृद्धि हुन थालेको छ । लुम्बिनीमा विदेशी भन्दा नेपाली अर्थात आन्तरीक पर्यटकको प्रमुख गन्तव्य स्थल पनि हो ।
गत वर्ष कोभिड महामारीमा पनि २ लाख ७० हजार ४२२ जना नेपाली पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए ।  यो वर्ष अक्टोबर महिनासम्म झन्डै दोब्बर ४ लाख ६३ हजार ६७७ जनाले भ्रमण गरेको लुम्बिनी विकास कोषको तथ्यांकमा उल्लेख छ।
कार्तिक अन्तिमसातादेखि विभिन्न विद्यालय, कलेजका विद्यार्थीहरुको अध्ययन अवलोकन भ्रमण टोलीको बाक्लो उपस्थिती हुन थालेको छ । त्यसका साथै भारत उत्तर प्रदेशका विभिन्न विद्यालय र कलेजबाट समेत लुम्बिनीमा भ्रमणमा आउनेहरु बृद्धि भएका छन ।
पर्यटकहरुलाई मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी कुण्ड, स्वदेशी तथा विदेशी बिहार, विश्व शान्ति दीपको अवलोकन तथा केन्द्रीय नहरमा डुङ्गा यात्राले आर्कषित गरेको छ ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै बुद्ध सर्किटसँग जोडिएको तिरौलाकोट, देवदह र रामग्राम क्षेत्रको समेत अवलोकन गर्न सकिनेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित