कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

४२ तस्वीरमा हेर्नुहोस–तिलोत्तमाकाे ६ लेन सडकमा रंगीबिरंगी ढकमक्क फूलेका फूलैफूल

अहिले पश्चिमबाट स्थलमार्ग भएर काठमाडौं जाँदा सबैभन्दा हैरानी खेप्नुपर्ने सडकको नामले चिनिएको छ, बुटवल-नारायणगढ खण्ड।

धुलो, खाल्डाखुल्डी र जामले ११३ किलोमिटर सडक पार गर्न पूरा ५ घण्टा लाग्छ। त्यसैले धेरैले यो सडक खण्डको नामै लिन चाहदैनन्। धुलो, फोहोर र उजाड भौगोलिक अवस्था नेपाली राजमार्गको समपुरक जस्तै बनेका छन्।

तर सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देहीको तिलोत्तमा खण्ड भने केही फरक छ। त्यहाँ फूलैफूल र हरियालीले तपाईंको स्वागत गर्छन्। जसकारण यात्रा पनि सुन्दर बन्छ।

सडकमा ढकमक्क बेगमबेली सहितका फूलहरू फुलेका छन्। रंगीबिरंगी फूल र त्यसको सौन्दर्यले राजमार्ग सुन्दर बनेको छ। राजमार्ग किनारका बासिन्दा पनि खुसी छन्।


ठाउँ-ठाउँमा बुद्धको मूर्ति फूलसँगै रहदा त्यसले अझ पनि सौन्दर्य देखिएको छ। सडकभरी बुद्धका मुर्ति राखिँदा लुम्बिनीमा बुद्ध जन्मिएका हुन भन्ने पहिचान पनि देखाएको छ।

‘ग्रीन तिलोत्तमाः क्लिन तिलोत्तमा’ महाअभियानको क्रममा हालसम्म दुई लाख भन्दा बढी वहुगुणी फलफूल तथा वनस्पतिका विरुवाहरू लगाएको नगरभित्रका सडक बसन्त क्रृतुसंगै अहिले फूलले राताम्मे भएका हुन्।

नगरपालिकाले सिटी फ्लावरको रूपमा बेगमबेली निर्धारण गर्दै जन्मदिनमा कम्तिमा एउटा विरुवा रोप्न नगरबासीलाई आह्वान गरेको छ।

तिलोत्तमा सडक खण्डको १३ किलोमिटर सडकमा २५ सय बढी प्रजातिका विभिन्न फूलका विरुवाहरू लगाइएको नगरका वातावरण शाखाका हरियाली प्रवद्र्धन अधिकृत गोरखनाथ खनालले बताए। सुक्खा ठाउँमा फूल्ने र जरासमेत जमिनमुनि धेरै नजाने भएकाले यही फूल रोजिएको उनको भनाइ छ।

फूलहरूमा नगरपालिकाले पानी राख्ने, काटछाट गर्ने, गोडमेल गर्ने र मल राख्ने काम निरन्तर गर्दै आएको छ।

‘तिलोत्तमाका १७ वटा वडामा ३४ सफाइकर्मी छन्। मुख्य राजमार्गमा उहाँहरूको क्षेत्रभित्र पर्नेले फूलको गोडमेल गर्ने र सफाई गर्ने काम गर्नुहुन्छ,’ उनले भने, ‘त्यसबाहेक अन्य सफाइ कर्मचारीहरू पनि खटिएका छन्।’

तिलोत्तका सडकमा बेगमबेली, हमेलिया, कल्की, करविरका साथै विभिन्न फूल तथा आँप, बर, पिपल, स्वामी लगायतका विरुवाहरू पनि छन्।

जाली लगाएर घेरिएको डिभाइडर र कंक्रिटको रिङमा लगाएका फूल र बिरुवाले राजमार्ग बाह्रमास हरियाली र मनमोहक बनाउने गरेको छ।

दिनभर हरिया बिरुवा र फूलले मनमोहक बनाउने राजमार्ग रातपरेपछि थरीथरीका बत्ती बलेर झिलिमिली बन्छ। करिब पाँच वर्षअघि बेलहिया बुटवल खण्डको यो राजमार्ग ६ लेनमा विस्तार भएपछि आसपासका रुख काटिए।

त्यसको सट्टामा तिलोत्तमा नगरपालिकाले राजमार्गको मुख्य डिभाइडर र सर्भिस लेनतर्फको डिभाइडरमा विभिन्न प्रकारका फूल र बिरूवा लगाएको थियो।

     

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित