भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

चारतारे ‘होटल ल्याण्डमार्क’ भैरहवामा खुल्यो (तस्वीरहरु)

बुटवल । रुपन्देहीको भैरहवामा शनिबार देखि चारतारे ‘होटल ल्याण्डमार्क’ सञ्चालनमा आएको छ ।

सम्राट ग्रुपले सिद्धार्थनगर नगरपालिका–३ को सिंगापुर कोलनीमा चारतारे ‘होटल ल्याण्डमार्क’ सञ्चालनमा ल्याएको हो । होटलको शुभारम्भ लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले गरेका थिए ।

सम्राट ग्रुपले सञ्चालनमा ल्याएको भैरहवाको होटल चौथो हो । स्रमाट ग्रुपले काठमाडौं, चितवन र पोखरामा गुणस्तरिय हस्पिलाटी सेवा दिदै आएको छ ।

ल्याण्डमार्क ग्रुपका प्रमुख कार्यकारी अधिकृत सिएन पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनीमा आउने विदेशी पर्यटकका साथै भारतबाट आउने पर्यटकलाई लक्षित गरेर होटल सञ्चालनमा ल्याइएको बताए । होटलमा हाल सम्म ५० करोड लगानी भइसकेको छ । आधा विघा क्षेत्रफलमा रहेको होटल पूर्ण तयार हुँदा डेढ विघा क्षेत्रफलमा फैलनेछ ।

अब एक विघा क्षेत्रफलमा १० हजार स्वायर फुटको हल बन्नेछ । ६ सय र २ सय क्षमताका दुई हल बन्ने उनले बताए । ‘हललाई आर्कषक डिजाईनको बनाइने छ । हलको डिजाईन हङकङमा भइरहेको छ । कुनै पनि पाटीले हलमा कति खर्च गरेर सजावट गर्न सक्छन् । त्यस्तो मेकानिजमको हल बन्नेछ’ उनले भने ।

होटलमा डिलक्स, सुपर डिलक्स, फ्यामली र जुनियर स्वीट गरी ५० कोठा छन् । होटलका कतिपय कोठाबाट रिभरभ्यू समेत देख्न सकिने छ । केही कोठामा सुर्योदयको पहिलो किरण बेडमा पुग्ने गरी होटलमो निर्माण गरिएको छ ।

होटलमा कोटियार्ड लायञ्ज, स्वीमिङ पुल, रुफटप बार पनि रहेको उनले बताए ।

ल्याण्डमार्कको एकमात्र उद्देश्य पाहुनाहरूका लागि उत्कृष्ट सेवा दिने रहेको बताउँदै प्रमुख कार्यकारी अधिकृत पाण्डेले पर्यटकको रूची पूरा गर्न जुनसुकै समयमा पनि ल्याण्डमार्क काठमाडौं, पोखरा, चितवन र भैरहवा प्रतिवद्ध रहेको बताए । उनले सेवाको गुणस्तरमा कहिल्यै कुनै सम्झौतना नहुने समेत बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित