तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

अक्सफोर्ड माविमा खाना महोत्सव तथा उद्यमशिलता कार्यक्रम (तस्वीरहरु)

बुटवल । बुटवल–८ स्थित अक्सफोर्ड माध्यमिक विद्यालयमा शुक्रबार खाना महोत्सव तथा उद्यमशिलता कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुलाई अतिरिक्त ज्ञान प्रदान गर्ने उद्देश्यले कक्षा ६ र ७ का विद्यार्थीहरुको सहभागितामा खाना महोत्सव तथा उद्यमशिलता कार्यक्रम गरिएको हो ।
उद्यमशिलतामा कक्षा ६ का विद्यार्थीहरु सहभागि थिए भने खाना महोत्सवमा कक्षा ७ का विद्यार्थीहरु सहभागि थिए । विद्यालयका प्राचार्य दिनेश भुसालले विद्यार्थीहरुलाई कसरी उद्यमशिलता बनाउने र बजार कसरी बुज्न सकिन्छ भन्ने सिकाईका लागि उद्यमशिलता कार्यक्रम गरिएको बताए ।
उक्त कार्यक्रमबाट विद्यार्थीहरुले बजारको मार्केटिङ, बस्तुको खरिद विक्रि ज्ञान, उपभोत्ता एवं ग्राहक संगको मितव्ययिता, सामानहरुको गुणस्तरता बारे ज्ञान प्राप्त गरेको बताए । त्यस्तै खाना महोत्सव कार्यक्रमबाट परिकार बनाउने सिप र मार्केटिङ कसरी गर्ने भन्ने ज्ञान विद्यार्थीहरुले प्राप्त गरेको प्राचार्य भुसालले बताए ।


कार्यक्रममा ४ सय विद्यार्थीहरुले संयुक्त रुपमा स्टल राखेका थिए । विद्यार्थीहरुले तयार गरेका खाना तथा विक्रिका लागि राखिएका बस्तुहरु शिक्षक, अभिभावक एवं विद्यार्थीहरुलाई विक्रि गरेका थिए ।
प्राचार्य भुसालका अनुसार हरेक पाठ्यक्रममा भएका विषयबस्तुलाई प्रयोगात्मक सिकाई गर्न सके मात्र उक्त शिक्षा मुर्त हुने बताए ।
‘पाठ्यक्रमका विषयबस्तुलाई व्यवहारत देखाउने प्रयास रहेनछ । आउँदो शैक्षिकसत्रबाट अभिभावकलाई सिधा स्कुलमा जोड्ने नयाँ कार्यक्रम ल्याउँदैछौ’ उनले भने ।
उनले विद्यालयका अभिभावक विभिन्न क्षेत्रमा आवद्ध भएको भन्दै अभिभावकको क्षमता र आबद्धताको बौद्धिकता विद्यार्थीहरुलाई साट्ने कार्यक्रम ल्याउन लागेको बताए । यसले विद्यालय र अभिभावकको अपनत्वलाई अझ बढि कायम राख्ने उनको भनाई छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित