रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट                
समाचार :

तस्वीरमा हेर्नुहोस–बुटवलको जुत्ता मेलामा उपभोत्ताको आकर्षण

बुटवलको मिलनचोक स्थित डेल्टा कम्पेलेक्समा जारी ‘नेपाली जुत्ता मेला’मा आकर्षण बढेको छ । नेपाली जुत्ता उत्पादनको प्रवर्द्धन तथा स्वदेशी सामग्रीको प्रयोगलाई जोड दिनेगरी आयोजना गरिएको १ महिने मेलामा ग्राहको आकर्षण बढेको हो ।

विशेष गरी सार्वजनिक विदाको समयमा किनमेल गर्नेहरुको भिड लागेपछि आयोजकहरु उत्साहित बनेका छन् । डेल्टा कम्पेलेक्सको आयोजना तथा नेपाली जुत्ता घर बुटवलको सहआयोजनामा जारी जुत्ता मेला तथा मोःमोः उत्सवमा युवा तथा विद्यार्थी, गृहणी लगायत विभिन्न उमेर समूहका ग्राहकले अबलोकनसँगै किनमेलका लागि भिड बढेको छ ।

हिजो सनिवार मेलाहेर्न मणिग्राम बाट आएका बिध्यार्थि कमल ग्यावालिले मेलामा सस्ता र राम्रा दुबै खलका जुत्ता पाइएको र आफुले एक जोर अफरको जुता किनेको र आफू सन्तुष्ट रहेको बताए ।

मेलामा ब्ल्याक हर्षको न्यु एराईवल जुत्ता हेरेका बिज्ञान आचार्यले नेपालमै बनेको येस्तो क्वालिटी देखेर आफू उत्साहित भएको र नेपाली ब्राण्डप्रती बिस्वास बढेको बताए ।

मेलामै भेटिएकी सुनवलकि दिपा थापाले मेला जुत्ता मेलामा धेरै सस्तो मा चप्पल पाएको र आफुले पाच जोडि किनेको बताईन । मेलामा नेपाल्का विभिन्न ९ कम्पनीका नेपाली जुत्ता उत्पादनहरु विशेष छुटसहित विक्रीका लागि राखिएको छ । नेपाली जुत्ता घर बुटवलका संचालक तथा मेला संयोजक चोला प्रसाद पाठकले ग्राहकहरुको रेस्पोन्स बाट आफुहरु उत्साहित भएको बताए ।

आफुहरुले मेला पुरानालाई अफर दिने तथा नया प्रोडक्ट लन्च गर्ने अवसरका रुपमा उपयोग गरेको बताउदै मेला लाई थप रौनकता प्रदान गर्न मोमो उत्शब मार्फत ११ वोटा मोमोका परिकार मेला परिसरमा राकेको जानकारी गरए ।

फुटवेयर म्यानुफ्याक्चरर एशोसियन अफ नेपालका अध्यक्ष तथा नेपाली जुत्ता घरका संचालक रुद्रप्रसाद न्यौपानेले बुटवलमा एकवर्षअघि पहिलोपटक सामुहिक जुत्ता शोरुम सञ्चालनमा ल्याईएको र तेस पश्यात एक वर्षको अवधिमा देशका १० स्थानमा समुहिक जुत्ता शोरुम स्थापना गर्न सफल भएको न्यौपनेले जानकारी गराए ।

उनले बुटवलको मेला नेपाली उत्पादनबारे आम उपभोक्तालाई जानकारी गराउन र आफ्ना नया उत्पादन उपभोक्ता समक्ष पुर्याउन जुत्ता मेला सफल फलदायक हुने समेत बाताए ।

बुटवलमा जारी जुत्ता मेलामा पवित्र शुज ईण्डष्ट्रिज प्रा.लि. को शुल्यान्ड, रन शु ईण्डष्ट्रिज प्रा.लि. को रन शुज, बेस फुटवेयर ईण्डष्ट्रिज प्रा.लि. को बि. एफ. डियर हिल, लालिगुँरास फुटवेयरको क्रस रोड, शुभकामना फुटवेयरको फस्ट वाल्क, बल्याक हर्स शुजको बल्याक हर्स, स्मार्ट शुज ईण्डष्ट्रिजको स्मार्ट र एक्सन फुटवेयर ईण्डष्ट्रिजको टुरीष्ट ब्राण्डका उत्पादनहरु प्रदर्शन तथा विक्रीका लागि राखिएका छन् ।

‘स्वदेशी उत्पादनको प्रवर्द्धन, हाम्रो अभियान’ नारासहित डेल्टा कम्प्लेक्स परिसरमा जारी मेला फागुन ३० गतेसम्म मेला सञ्चालन हुने बाताईएको छ ।

नेपालका ९ फुटवेयर उत्पादक ब्राण्डका ५ हजार बढि प्रकारका जुत्ता चप्पलका डिजाईनहरु राखिएको बताईएको मेलामा नेपालीहरुको लोकप्रिय खाजा मोःमो का एक दर्जन स्वादका परिकारहरु राखिएको छ । मेला आवधिका बिचमा रास्ट्रिय तथा स्थानिय कलाकारहरुबाट बिशेष सांस्कृतिक प्रस्तुतीहरु समेत राखिने आयोजकको भनाई छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित