दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

गुल्मीमा चाबी लगाएको घरभित्र वृद्धा मृत फेला, हत्याको आशंका

बुटवल । गुल्मीको इस्मामा एक वृद्धा सोमबार मृत अवस्थामा फेला परेकी छन् । इस्मा गाउँपालिका–५ इस्मा रजस्थलकी ७४ वर्षीया जिवकला थापा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

थापाको मृत्यु रहस्यमय देखिएको छ । घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी टोलीका अनुसार ढोकामा चाबी लागेको छ भने वृद्धा घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । मृतक थापाका नाक र कानमा लगाइएका गहनाहरू नभएको प्रहरीले बताएको छ ।

वृद्धा दुई दिनदेखि गाउँमा हिँडडुल नगरेको स्थानीयले बताए । मुचुल्कापछि शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइएको छ । प्रहरी प्रारम्भिक अनुसन्धानबाट महिलाको हत्या भएको हुन सक्ने अनुमान गरिएको छ । थप विवरण भने शव पोस्टमार्टम तथा अन्य अनुसन्धानले खुलाउने प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित