लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

कांग्रेस मुसिकोट पेगामा पहिरो, क्षेत्रिय कमिटि सदस्य सहित ५० बढि एमालेमा प्रवेश

बुटवल । गुल्मीको मुसिकोट नगरपालिका ३ पेगामा कांग्रेस पार्टी परित्याग गरी सोमबार ५० बढि एमालेमा प्रवेश गरेका छन् ।

पेगामा भएको चुनावी अभियानको कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय कमिटिका सदस्य एवं मुसिकोट नगरपालिकाका कार्यसम्पादन कमिटीका सदस्य ज्ञान बहादुर जि.सि सहित ५० बढि एमालेमा प्रवेश गरेका हुन । उनीहरु सवैलाई पुर्वमन्त्री एवं गुल्मी–२ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार गोकर्ण विष्टले स्वागत गरेका थिए । पार्टी प्रवेश गर्नेहरुले जनताको मर्म, आवश्यकता र विकासको काम एमाले पार्टीले मात्र गर्ने भएकाले एमाले रोजेको बताएका थिए ।

सोही अवसरमा नेता विष्टले जनताका आवश्यकता पुरा गर्ने जिम्मेवारी एमालेले लिने बताउँदै ४ मंसिरमा हुने निर्वाचनमा सुर्यमा मतदान गर्न सवैलाई आग्रह गरे । आफु मन्त्रिमण्डलमा रहँदा वा सांसद भएको अवस्थामा गुल्मेली जनताको सिर नझुक्ने गरी काम गरेको बताउँदै नेता विष्टले जनताको सेवक बनेर फेरी काम गर्ने प्रतिबद्धता मतदाता सामु गरे ।

उनले शिक्षा, स्वास्थ्य, सडक पुर्वधार, खानेपानी, विद्यालयका भवन निर्माण, सिचाई, कुलो, मठमन्दिर लगाएका पुर्वधारमा आफुले बजेट विनियोजित गरेर धेरै कार्य भएको भन्दै बांकी काम पनि निर्वाचित हुन साथ गर्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित