
बुटवल । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले भूकम्प प्रभावित क्षेत्रका लागि राहत संकलन गर्दा पनि एकद्वार नीति लागू गर्ने निर्णय गरे संगै रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ मा रहेको मिरा कोषले नगरपालिका मार्फत भूकम्प पीडितलाई नगद रकम हस्तान्तरण गरेको छ ।
कोषका अध्यक्ष हेमलाल शर्माले भूकम्प पीडितको राहत र पुनस्र्थापनाका लागि सरकारको कोष राख्ने गरी १ लाख ११ हजार १११ रुपैयाँ तिलोत्तमा नगरपालिकालाई प्रदान गरिएको बताए ।
भूकम्पप्रभावित क्षेत्रका लागि भन्दै आफूखुसी नगद र जिन्सी सामान संकलन गर्ने प्रयास भएपछि प्रशासनले सर्वपक्षीय बैठकबाट एकद्वार नीति लागु गरेपछि आफुहरुले नगरपालिकामा नगद प्रदान गरिएको उनले बताए ।
उक्त रकम कोषका अध्यक्ष हेमलाल शर्माले तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांण, उपप्रमुख जागेश्वरीदेवी चौधरीलाई हस्तान्तरण गरेका थिए ।
‘सानो सहयोग भएपनि हामी यो दुःखको अवस्थामा साथ दिनुपर्छ भनेर सहयोग रकम प्रदान गरेका हौ । सानो सानो सहयोग जुटेर ठुलो हुने हो’ उनले भने । साथै उनले भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि सरकार गम्भिर भएर लाग्नुपर्ने बताए ।
भुसालले कोषले सामाजिक, शैक्षिक, स्वास्थ्य क्षेत्रमा अप्ठयारा परेकाहरुलाई सहयोग गर्दै आएको भन्दै प्रत्येक बर्ष ४ लाख बढि रकम कोषबाट खर्च गरिने बताए ।
०७८ सालमा स्थापना भएको ट्रसले प्राकृतिक प्रकोप, एकल महिला, बालबालिका, दुर्गम क्षेत्रका विद्यालयका जेहेन्दार विद्यालय, दिर्घ रोगीहरुलाई सहयोग गर्दै आएको छ । अध्यक्ष शर्माले ०७९ सालमा मात्र कोषबाट साढे ३ लाख बढि रकम सहयोग बापत खर्च गरिएको बताए । कोषबाट गत बर्ष गंगा आधारभुत विद्यालय गुल्मी चारपाला, दमकडा नमुना माध्यमिक विद्यालय पाल्पा, हाम्रो सगरमाथा आधारभुत विद्यालय तिलोत्तमा, रुरु गौशाला आश्रम, गणेशमान सैजु बृद्धा आश्रम बुटवललाई सहयोग गरिएको उनले बताए ।
मिरा कोषका संरक्षक मिरा शर्माले भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति पुगेको भन्दै यो विपत्तमा सवै एक ठाउँमा उभिएर सहयोग गर्नुपर्ने बताईन । भूकम्पले पु¥याएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले सरकारलाई उद्धार तथा राहतमा प्रभावकारी ढंगले काम गर्न आग्रह गरिन् । कोषमा हाल १० लाख १४ हजार रुपैयाँ रहेको छ ।