तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी सरकारले स्वास्थ्यकर्मी र औषधिसहितको टोली जाजरकोट पठायो

दाङ । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मीसहितको टोली भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुममा पठाएको छ ।

जाजरकोटको रामीडाँडाँ आसपासलाई केन्द्रविन्दु बनाएर गए राति गएको भूकम्पमा प्रभावितहरूको उपचार र उद्धारका लागि लुम्बिनी सरकारले स्वास्थ्यकर्मी र औषधिसहितको टोली जाजरकोट पठाएको हो ।

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको निर्देशनमा लुम्बिनीवाट चिकित्सक र औषधिसहितको टोली जाजरकोट प्रस्थान गरिसकेकाे मुख्यमन्त्रीका प्रेस सल्लाहकार गोपालप्रसाद शर्माले बताए ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले तत्काल स्वास्थ्यकर्मीको बढी आवश्यक परेको भन्दै सहयोगका लागि आग्रह गरे पछि सो टोली जाजरकोट पठाइएको हो । जसअनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङका मेडिकल सुपरिटेडेन्ट डा. पदमराज अधिकारीको नेतृत्वमा २० जना स्वास्थ्यकर्मी र औषधीसहितको टोली जाजरकोट र रुकुमका लागि प्रस्थान गरेका छन् ।

सो टोलीमा सरकारका प्रतिनिधि, उद्धारका लागि आवश्यक पर्ने सुरक्षाकर्मीसहितको विशेषज्ञ टोली पनि जाजरकोट गएका छन् ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित