श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु                
समाचार :

सीमामा कडाई गर्न बुटवल उद्योग वाणिज्य संघको मा

बुटवल । बुटवल उद्योग वाणिज्य संघले दशैँ तिहार जस्ता महत्वपूर्ण चाडपर्वहरुमा सीमा नाका खुकुलो बनाएको भन्दै यसलाई तत्काल कडाई गर्न माग गदै भैरहवा भन्सार कार्यलयमा ज्ञापन पत्र बुझाएको छ ।

संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईको नेतृत्वमा गएको टोलिले भैरहवा भन्सार कार्यलयका कार्यलय प्रमुख नारद गौतमलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझाउदै उद्योग उपाध्यक्ष भट्र्टराइले दशैँ तिहार जस्ता महत्वपूर्ण चाडपर्वको नाममा राजनैतिक तवरबाट नै भन्सार नाका खुकुलो पार्न दवाब दिएकोमा संघको गम्भीर ध्यानाकर्षण भएको बताए ।

सिमा नाका खुकुलो हुदै दैनिक सयाँैको संख्यामा सिमानाकामा नेपालबाट मानिसहरु भारत जाँदै सामान लिदै गर्दा बुटवलका व्यवसायिहरु मारमा परेको उनले बताए । यसको लागि भन्सार नाकाबाट सामान ओसारपसारमा चेकजाँज गरि कडाइ गर्न आग्रह गरे ।

बुटवल उद्योग बाणिज्य संघको नेतृत्वमा गत जेठ १८ गते गएको डेलिकेसनले केहि कडाई भएपनि अहिले पुन खुकुलो भउको बताउँदै पुन नाकामा कडाई गर्न आग्रह गरे । देशको अर्थतन्त्र दरिलो पार्ने भन्सार तथा खुल्ला सिमामा कडाई गर्दै जानुपर्ने निति विपरीत खुकुलो बनाउँदै गएको उनको भनाई थियो ।

उक्त ज्ञापनपत्र बुझ्दै भैरहवा भन्सार कार्यलयका प्रमुख नारद गौतमले सिमानाकामा देखिएको समस्यालाई समाधान गर्दै थप कडाई गर्ने प्रतिबद्धता व्यक्त गरे । चाडपर्व लक्षित सिमा नाकामा आउनेजाने मानिसहरुले सामान बाहिरबाट ल्याउने भएकाले यसलाई थप कडाई गर्ने उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित