लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

लुम्बिनीका विद्युत्तिय सवारी साधन थन्किएरै थोत्रिदैँ

लुम्बिनीलाई प्रदुषणरहित बनाउंदै पर्यटकको सुविधाका लागि भनेर ३ वर्षअघि ल्याइएका विद्युतीय सवारीघाम तापेरै थोत्रिएका छन ।

३६ महिनाअघि एसियाली विकास बैंक (एडीबी)को अनुदान सहयोगमा आएका १९ वटा विद्युतीय बस र भ्यान प्रयोगमा नआई खुला आकाशमुनि थन्किएर थोत्रिएका हुन ।

बसका ठूला–ठूला शिशा फुटेका छन । टायर पञ्चर हुनुका साथै सीट च्यातिएका छन भने रंग पनि खुइलिएको छ । गाडीका ब्याट्री समेत चार्ज हुन छाडेका छन ।

संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयअन्तर्गत लुम्बिनी ल्याइएका बस लुम्बिनी विकास कोषको कार्यालय परिसर बाहिर ३ बर्ष देखि थन्किएको अवस्थामा छन् । ५ वटा बस र १४ वटा भ्यान थन्किएरै बिग्रिने अवस्थामा पुगेका हुन ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले सरकारको नीतिगत निर्णयलाई ब्युरोक्रेसीले नमान्दा गाडी चल्न नसकेको बताए ।

यातायात व्यवस्था कार्यालय (सवारी) का अधिकृत पुष्पराज पाण्डेले मन्त्रिपरिषदले गाडी चलाउने भन्दैमा सेतो नम्बर प्लेटलाई हरियोमा परिवर्तन गर्ने निर्णय गरे पनि नियमावली नहुंदा दर्ता गर्न नसकिएको बताए ।

यी विद्युतीय सवारी नेपाल भित्र्याउंदा मात्रै ३ करोड ५० लाख बढी भन्सार राजस्व नेपाल सरकारले बेहोरेको छ ।

यिनै सवारी साधनका लागि भनेर लुम्बिनीमा १३ करोड ९० लाख रूपैयां लगानीमा चार्जिङ स्टेसन समेत बनिसकेका छन ।

१७ स्थानमा चार्ज गर्ने व्यवस्था छ । चल्ने अवस्था नदेखिएपछि भ्यान÷कार विकास कोषका कर्मचारीले रजाइं गरेका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित