श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु                
समाचार :

‘सार्वजनिक जग्गामा’ बनेको शिवालय मन्दिरको संरचना डोजर लगाएर भत्काइयो, स्थानियको विरोध

बुटवल । बुटवल उपमहानगरपालिका–११ देवीनगरमा ‘सार्वजनिक जग्गामा’ बनेको शिवालय मन्दिरको संरचना डोजर लगाएर भत्काएपछि स्थानियले विरोध गरेका छन् ।

‘सार्वजनिक जग्गामा’ बनेको मन्दिरको संरचनामा स्थानिय केही व्यक्तिले आफ्नो जग्गा भन्दै गत कार्तिक ६ गते विहान डोजर लगाएर संरचना भत्काएका थिए ।

त्यसपछि स्थानियले उक्त जग्गा सार्वजनिक जग्गा भएपनि व्यक्तिले हडप्ने हुँदा संरक्षण गर्ने भन्दै त्यहाँ शिवालयको मन्दिर निर्माण गरिएको थियो । सोही संरचनामा कार्तिक ६ गते विहान सवा ६ बजे डेढ सय बढिको संख्यामा स्काभेटर लगेर पुगेको समुहले मन्दिरको संरचनामा डोजर चलाएको स्थानियको भनाई छ ।

देवीनगर चौरालीपथको पश्चितर्फ रहेको ‘सार्वजनिक जग्गा’लाई आफ्नो दाबी गर्दै बालकृष्ण विश्वकर्मा र भिमबहादुर अधिकारीले डोजर लगाएको चौराली पथका अध्यक्ष लोकप्रसाद पङ्गेनीले बताए ।

स्थानियकाे चन्दाबाट निर्माण भएकाे मन्दिरमा डाेजर लगाएर स‌रचना नष्ट गर्दा २० लाख बढीकाे क्षति भएकाे उनकाे भनाइ ५ ।

अध्यक्ष पङ्गेनीका अनुसार लु १ ख ४३४२ नम्बरको जेसिबी ल्याएर मन्दिरको संरचनामाथि चलाइएकाे थियाे ।

यसअघिका जग्गा धनी लालबहादुर पुनले पूर्वतर्फबाट जग्गा नाप्दै आउँदा पश्चितर्फको १८ धुर जग्गा छुट भएको र उक्त जग्गा आफूले समेत दाबी नगरी टोल संस्थालाई दिएको उल्लेख गरे ।

भिमबहादुर र बालकृष्णले दाबी गरेजस्तो उनीहरुले जग्गाको कित्त नम्बरनै छुट्टिएकाले दाबी गर्न नमिल्ने उल्लेख गरे । सार्वजनिक जग्गा भएकै कारण लामो समयदेखि टोलबासीले संरक्षण गरेर राखेको अवस्थामा एक्कासी डोजर चलाएर लाखौं रकम क्षति गर्नु निन्दनीय भएको स्थानीय पर्सुराम अर्यालले बताए ।

दशैं मनाउन मानिसहरु गाउँ गएको मौका छोपी नवमीका दिन कोही नभएको मौका छोपी एकाविहानै मन्दिरको संरचना भत्काइएको उनले बताए ।

दक्षिण मोहडाको कित्ता नम्बर ४६८७ र ४७८३ को जग्गा भएका बालकृष्ण र उत्तरतर्फ मोहडा भएको कित्ता नम्बर ४६८६ नम्बरको जग्गा भएका भिमबहदुरले भने आफ्नो जग्गा रङ्गशाला मार्गसँग जोडिएको भन्दै पश्चितर्फको जग्गा दाबी गर्दै आएका छन् ।

ब्लु प्रिन्टमा समेत कित्ता छुट्याउनु अघि रहेको कित्ता नम्बर ५७० नम्बरको जग्गा रङ्गशाला मार्गसँगै जोडिएको हुँदा आफूहरुको जग्गाको पश्चिम मोहडा भएको दाबी गरे । उनले आफूहरुले घर निर्माणका लागि उपमहानगरपालिकाबाट नक्सा पास पनि प्राप्त गरिसकेको र पटक–संरचना हटाउन आग्रह गर्दा पनि भएपछि डोजर लगाउन बाध्य भएको उल्लेख गरे ।

जग्गा विवाद बारे बुटवल उपमहानगर–११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले अन्तिम नापजाँच गरेर मात्रै टुङ्गो लगाइने बताए । ‘बुटवल उपमहानगरले तिहारपछि मात्रै नापजाँच सुरु गर्छ सोही अनुसार कसको जग्गा कुन हो भन्ने टुङ्गो लाग्छ त्यसपछि मात्रै कारबाही प्रक्रिया अघि बढ्छ ।’–क्षेत्रीले भने । हाललाई उक्त जग्गाका कुनै पनि संरचना निर्माण तथा किनबेचका लागि रोक्का लगाइएको उनले बताए । सार्वजनिक भनिएको जग्गामा संरचना निर्माणका लागि वडाबाट समेत बजेट विनियोजन गरी मन्दिर निर्माण गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित